close

खनियाबासमा हिउँदे गाउँ सभा हुने

खनियाबासमा हिउँदे गाउँ सभा हुने

Trulli
ADVERTISEMENT

धादिङ । खनियाबास गाउँपालिकाले हिउँदे गाउँ सभा बस्ने भएको छ । गाउँपालिकाले बिहिबार एक सूचना जारी गर्दै हिउँदे गाउँ सभा बस्ने जनाएको हो । 

गाउँपालिकाको अनुसार फागुन २६ गते हिउँदे गाउँ सभा बस्ने भएको छ । कार्यपालिका भवनमा बिहान ११ बजेदेखि गाउँ सभा बस्ने सो सूचनामा उल्लेख गरिएको छ । 

सभामा सहभागी हुन गाउँपालिकाले जनप्रतिनिधि, सरोकारवाला निकायलाई अनुरोध गरिएको छ । सो सभामा चालू आर्थिक वर्षमा स्वीकृत कार्यक्रम तथा योजनाबारे छलफल तथा समीक्षा गरिने गाउँपालिकाले जनाएको छ ।