close

विभिन्न ५ विधामा उत्कृष्ट स्थानीय तह पुरस्कृत

विभिन्न ५ विधामा उत्कृष्ट स्थानीय तह पुरस्कृत

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाल नगरपालिका संघले पाँच वटा स्थानीय तहलाई पुरस्कृत गरेको छ । मंगलबार आयोजित एक कार्यक्रममा संघले मुलुकभरमा विभिन्न ५ विधामा उत्कृष्ट नगरपालिका पुरस्कार २०७९ प्राप्त गर्ने स्थानीयलाई तहलाई पुरस्कृत गरेको हो । 

संघको अनुसार विभिन्न पाँच विधामा उत्कृष्ट भएका  ६ वटा  स्थानीय तहलाई सम्मान तथा पुरस्कृत गरिएको हो । कार्यसम्पादन मूल्यांकनको आधारमा विभिन्न विधामा पालिकाहरुलाई पुरस्कृत गरिएको संघले जनाएको छ । 

सामाजिक विकास विधाबाट ललितपुरको ललितपुर महानगरपालिका,  सहरी योजना पूर्वाधार विकास तथा विपद व्यवस्थापनबाट चितवनको भरतपुर महानगरपालिका,  स्थानीय आर्थिक विकासबाट  इलामको सूर्योदय नगरपालिका र चितवनको खैरहनी नगरपालिका, वन, वातावरण, जनवायुपरिवर्तन र उत्थानशीलताबाट सुर्खेतको विरेन्द्रनगर नगरपालिका र संस्थागत विकास, सेवा प्रवाह र वित्तिय सुशासनबाट कैलालीको धनगढी उपमहानगरपालिका पुरस्कृत भएको संघले जनाएको छ । 

पुरस्कृत हुने स्थानीय तहका जनप्रतिनिधिलाई प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।