close

महांकालको सेवा प्रवाह आफ्नै कार्यपालिका भवनबाट

महांकालको सेवा प्रवाह आफ्नै कार्यपालिका भवनबाट

Trulli
ADVERTISEMENT

ललितपुर । महांकाल गाउँपालिकाले आफ्नै कार्यपालिका भवनबाट सेवा दिन थालेको छ । गाउँपालिकाले बिहिबारदेखि आफ्नै कार्यपालिका भवनबाट सेवा सुरु गरेको हो । 

गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसीका अनुसार बिहिबार सामान्य पूजाआजा गरी पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष नवनिर्मित भवनमा सारिएको हो । 'आधिकारिक रुपमा भवनको उद्घाटन गरेका छैनौँ । गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कुर्सी मात्रै त्यहाँ सारेका हौँ, उनले भने, ' अन्य सेवा पनि साेही भवनबाट सुरु हुनेछ ।' 

उनले भवनको उदघाटन बैशाखमा गर्ने योजना रहेको बताए । भवनको उदघाटन गरिसकेपछि मात्रै पालिकाको सबै सेवा सोही भवनबाट सञ्चालन गर्नेछौँ,' उनले भने, 'भवनको बाहिरी भागको फिनिसिङ गर्न अझै बाँकी छ । यो महिनाभित्रमा सकिन्छ होला ।'

उनले भवन निर्माणका लागि स्थानीय सरकार र केन्द्रीय सरकारबाट करिब ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताए । विगत ६ वर्षदेखि पालिकाले भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको उनले पालिकाखबरलाई बताए । 

'सो भवनको लागि हामीले वार्षिक ५ लाख रुपैयाँ भाडा तिर्दैै आएका थियौँं । अब सो रकम बचत हुने भएकोले विकास निर्माणको कार्यमा खर्चिने छौँ,' उनले भने । 

तस्विर: महांकाल गाउँपालिकाकाे सामाजिक सञ्जालबाट