काठमाडौं। चन्द्रागिरि नगरपालिकाले भोली अर्थात् मातातीर्थ औँसीको दिन बिदा दिने भएको छ। नगरपालिकाको अनुसार वडा नं ६ महादेवस्थानमा अवस्थित मातातीर्थ कुण्डमा मेला लाग्ने भएकाले उक्त दिन सार्वजनिक विदा दिन लागिएको हो।
नगरपालिकाको कार्यपालिकाको बैठकको निर्णयअनुसार आमाको मुख हेर्नेदिन अर्थान् वैशाख ७ गते विदा दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ।