close

पालिका लोगो बनाउँदै अजिरकोट

पालिका लोगो बनाउँदै अजिरकोट

Trulli
ADVERTISEMENT

गोरखा । अजिरकोट गाउँपालिकाले पालिका लोगो बनाउने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै पालिका लोगो बनाउन लागेको जनाइएको हो । 

गाउँपालिकाको अनुसार 'दिगो विकास हाम्रो सोच, सुन्दर शान्त समृद्ध अजिरकोट 'नारासहित पालिका लोगो बनाउन लागेको हो । नागरिकको सहज र सरल पहुँचमा सार्वजनिक सेवा प्रवाहका लागि प्रतिबद्ध गाउँपालिकाको छुट्टै पहिचानको लागि लोगो बनाउन लागेको हो । 

गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत नवराज अवस्थीका अनुसार पालिकाको धार्मिक, साँस्कृतिक,, ऐतिहासिक, प्राकृतिलगायतको पक्षहरु झल्कने गरी लोगो डिजाइन गनुृपर्ने छ । लोगोमा अनिवार्य रुपमा गाउँपालिकाको नाम र नेपालको झण्डा हुनु पर्ने उनले बताए । 

गाउँपालिकाको विशेषता झल्कने शव्दको प्रयोग लोगोमा हुनुपर्ने उनको भनाई छ । लोगो डिजाइन गरी बैशाख २१ गतेभित्र पेश गर्नुपर्ने गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाले स्वीकृत गरेको लागोलाई व्यक्तिगत रुपमा प्रयोग गर्न नपाइने सो सूचनामा उल्लेख गरिएको छ । उनले छनौटमा परेको उत्कृष्ट लोगोलाई पालिकामा प्रयोग गर्नुका साथै २५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरेको बताए ।