close

सार्वजनिक सुनुवाई कार्यक्रम गदै ललितपुर

सार्वजनिक सुनुवाई कार्यक्रम गदै ललितपुर

Trulli
ADVERTISEMENT

ललितपुर। ललितपुर महानगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भएको छ । महानगरले यहि वैशाख १५ गते सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गर्न लागेको हो। जवलाखेलस्थित जवलाखेल पार्कमा बिहान ११ बजेदेखि कार्यक्रम सञ्चालन गरिने एक सुचना जारी गर्दै महानगरले जानकारी दिएको छ।

सुचनाअनुसार महागरको योजना तर्जुमा, विकास निर्माणमा सुधार तथा सेवा प्रवाहलाई पारदर्शी, गुणस्तर, प्रभावकारी बनाउँन ललितपुर महानगरपालिकाको विकास निर्माण, सम्पदा संरक्षण, सामाजिक विकास तथा सेवा प्रवाह लगायतका विषयमा सरोकारवाला तथा नगरबासीको जिज्ञाशा, गुनासा, प्रतिक्रिया तथा सुझावको लागि सार्वजनिक सुनुवाई गर्न लागिएको हो।

कार्यक्रममा सहभागिता जनाई सल्लाह, सुझाव दिन नगरबासीलाई सुचनामार्फत महानगरले अनुरोध गरेको छ।