close

महांकालको आफ्नै भवन उद्घाटन

महांकालको आफ्नै भवन उद्घाटन

Trulli
ADVERTISEMENT

ललितपुर । महांकाल गाउँपालिकाले नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरेको  छ । गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकटेलको प्रमुख आतिथ्यतामा भवनको उद्घाटन गरिएको हो । 

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष गणेश बहादुर केसीले भवन उद्घाटन भएसँगै पालिकााको सबै कार्य सोही भवनबाट गरिने बताए । उनले गाउँपालिका भौगोलिक रुपमा विकट भएपनि योजनागत रुपमा विभिन्न विकास निर्माण कार्य गर्दै आएको बताए । 

उनले गाउँपालिकामा पर्याप्ट बजेट नभएकाले योजना अनुरुप काम हुन नसकेको दुखेसो पोखे ।आवश्यकता अनुसारको बजेट विनियोजन गर्न प्रदेश सरकारसँग उनले माग गरेका छन् । 

उनले भवन निर्माणका लागि स्थानीय सरकार र केन्द्रीय सरकारबाट करिब ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताए । गाउँपालिकाले विगत ६ वर्षदेखि भाँडाको भवनबाट सेवा विस्तार गर्दै आएको थियो । 

गाउँपालिकाले नवनिर्मित भवनबाट गाउँपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको सेवा विस्तार गर्दै आएको जनाइएको छ ।