close

लिखुपिकेमा तीन महिनापछि प्रमुख प्रशासकीय अधिकृत

लिखुपिकेमा तीन महिनापछि प्रमुख प्रशासकीय अधिकृत

Trulli
ADVERTISEMENT

सोलुखुम्बु । लिखुपिके गाउँपालिकाले करिब तीन महिनापछि प्रमुख प्रशासकीय अधिकृत पाएको छ । विगत तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहिन गाउँपालिकामा निमित्त प्रशासकीय अधिकृत ज्ञानु कार्कीलाई सो जिम्मेवारी दिएको हो । 

संघीय मामिला मन्त्रालयले अधिकृत कार्कीलाई काम र कारबाहीको जिम्मेवारी तोकेको जनाएको छ । कार्कीले गाउँपालिकामा नि. प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत रहेका थिए । 

तर पनि गाउँपालिकामा आर्थिक कारोबारको कार्य गर्न पाएका थिएनन् । प्रमुख प्रशासकीय अधिकृत नभएपछि पालिकाको विकास निर्माणको कार्य, सामाजिक सुरक्षा भत्ता तथा कर्मचारीको तलब रोकिएको गाउँपालिकाले जनाएको छ । 

यसअघि प्रशासकिय अधिकृतको रुपमा पुष्पलाल धमला रहेका धमला केहि महिना अघि रामेछापको दोरम्बा गाउँपालिकामा सरुवा भएपछी नि. प्रशासकियको रुपमा कार्की रहेका थिए ।