close

सिम्ताले ल्यायो ५८ करोड १७ लाखको बजेट

प्राथमिकतामा पुर्वाधार र फलफूल खेती

सिम्ताले ल्यायो ५८ करोड १७ लाखको बजेट

प्राथमिकतामा पुर्वाधार र फलफूल खेती

Trulli
ADVERTISEMENT

सुर्खेत । सिम्ता गाउँपालिकाले नयाँ आर्थिक वर्षका लागि बजेट ल्याएको छ । गाउँपालिकाको गाउँसभा १३ औं अधिवेशनले आगामी आर्थिक वर्षको लागि कूल ५८ करोड १७ लाख ७० हजार ७०३ रुपैयाँ विनियोजन गरेको जनाएको छ ।

 विनियोजित बजेटको चालु तर्फ ३९ करोड ८९ लाख ४ हजार ३ रुपैयाँ  र पुँजीगततर्फ १८ करोड १७ लाख ६६,०००   छुट्याइएको छ ।

गाउँसभा १३ औं अधिवेशन गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दको अध्यक्षतामा  उपाध्यक्ष गोमा शर्मा (रेग्मी)ले विनियोजित बजेट प्रस्तुत गरेकी छिन् ।


सभामा विभिन्न विषयगत समितिका संयोजकहरूले आ(आफ्नो समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् । गाउँ सभाको संचालन सभाका सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले गरेका छन् ।

 गाउँपालिकाले यस वर्ष गौरवका आयोजनाहरु शहिद ऋषिस्मृति चक्रपथमा २ करोड र  शहिद ईन्द्र विसी द्रुतमार्गमा २ करोड   विनियोजन गर्दै  विशेष प्राथमिकतामा राखेको छ । गाउँपालिकाले वृहत फलफूल खेति कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको छ ।