close

स्थानीय सञ्चार माध्यमको संरक्षण गर्दै सूर्यविनायक

स्थानीय सञ्चार माध्यमको संरक्षण गर्दै सूर्यविनायक

Trulli
ADVERTISEMENT

भक्तपुर । सूर्यविनायक नगरपालिकाले स्थानीय सञ्चार माध्यमको संरक्षण र प्रवद्र्धन गर्ने भएको छ । नगरपालिकाले सञ्चार माध्यम प्रवद्र्धनका लागि आगामी आर्थिक वर्ष  २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेटमा  नीति लिएको जनाएको छ । 

कार्यक्रमको लागि नगरपालिकाले मिडिया क्षेत्र परिचालन नीति तर्जुमा गरी कार्यान्वयन गर्ने जनाएको छ। कार्यक्रमको लागि नगरपालिकाले २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको नगरप्रमुख बासुदेव थापाले जानकारी दिए । 

  उनले नेपाल पत्रकार महासंघ र विभिन्न सञ्चारकर्मीहरुको सुझावमा आगामी वर्ष मिडिया परिचालन नीति निर्माण र लागू गर्ने जानकारी गराए । उनले पत्रकार महासंघ भक्तपुर शाखाको भवन निर्माणको लागि सहयोग गर्ने जनाएको छ ।