close

बुटवल उप–महानगर र नगरपालिकाहरु पूँजीगत खर्चमा कमजोर देखिए, सियारीले सबैलाई उछिन्याे

पूँजीगत खर्चको ग्राफ उक्लिनु र ओर्लनुले खर्च गर्ने निकायको क्षमतालाई समेत प्रतिबिम्बित गर्दछ । लुम्बिनी प्रदेशको व्यापारिक केन्द्र मानिएको बुटवल उप–महानगर र नगरपालिकाहरुको कमजोर पूँजीगत खर्चको अवस्थाले ति पालिकाहरुको कार्यशैली र गैरजिम्मेवारीपनलाई उदाङ्गो बनाईदिएको छ । उपमहानगर र नगरपालिकाहरुलाई उछिन्दै सियारी गाउँपालिकाले पूँजीगत खर्च धेरै गर्न सफल भएको छ । सियारीले रुपन्देहीका उम्दा पालिकाहरुलाई गतिलो सबक समेत दिएको छ ।

Trulli
ADVERTISEMENT

रुपन्देही– सियारी गाउँपालिकाले जिल्लाभरमै सबैभन्दा धेरै  पूँजीगत खर्च गरेको छ । रुपन्देहीका १६ वटा पालिकामध्ये सियारीले आर्थिक बर्ष २०७९/०८० मा  पूँजीगततर्फ  ८७ दशमलव १५ प्रतिशत खर्च गरेको छ । 

कोष तथा लेखा नियन्त्रक कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीका १६ वटा पालिकाहरुले समग्रमा ७७ प्रतिशत  पूँजीगत खर्च गरेका छन् । ३१ करोड ७६ लाख ७३ हजार बजेट बिनियोजन भएकोमा २७ करोड ७२ लाख ८४ हजार अर्थात ८७.१५ प्रतिशत खर्च गर्न सफल भएको प्रमुख कोष नियन्त्रक बिष्णुप्रसाद ज्ञवालीले जानकारी दिए । 

रुपन्देहीमा सबैभन्दा कम  पूँजीगत खर्च गर्नेमा मर्चवारी गाउँपालिका रहेको छ । मर्चवारीले ६४ प्रतिशत मात्र खर्च गरेको छ । त्यसपछि पुजिगत खर्च गर्न नसक्नेमा शुद्धोधन गाउँपालिका रहेको छ । शुद्धोधनले ६८ दशमलव ९७ प्रतिशत मात्र खर्च गरेको छ । 

 पूँजीगत खर्च गर्नेमा सियारी पछि कोटहिमाई गाउँपालिका रहेको छ । कोटहिमाईले ८४ दशमलव ४१ प्रतिशत खर्च गरेको छ । त्यसपछि  पूँजीगत खर्च गर्नेमा मायादेवि गाउँपालिका रहेको छ । मायादेविले ८२ दशमलव २४ प्रतिशत खर्च गरेको छ । 

यता बुटवल उप–महानगरपालिकाले भने ६९ दशमलव ४८ प्रतिशत, तिलोत्तमा नगरपालिकाले ७३ दशमलव ३८, देवदह नगरपालिकाले ७३ दशमलव ८१ प्रतिशत, लुम्बिनी साँस्कृतिक नगरपालिकाले ७६ दशमलव ४० प्रतिशत, सिद्धार्थनगर नगरपालिकाले ७२ दशमलव ४९ प्रतिशत खर्च गरेका छन् । 

त्यसैगरी सैनामैना नगरपालिकाले ७९ दशमलव ३४ प्रतिशत, ओमसतिया गाउँपालिकाले ७९ दशमलव २६ प्रतिशत, कञ्चन  गाउँपालिकाले ८१ दशमलव १२ प्रतिशत खर्च गरेको कोलेनिकाले जनाएको छ । 

त्यस्तैगरी गैडहवा गाउँपालिकाले ८२ दशमलव २ प्रतिशत, रोहिणी गाउँपालिकाले ७९ दशमलब ६३ प्रतिशत र सम्मरीमाई गाउँपालिकाले ७८ दशमलव ५४ प्रतिशत खर्च गरेको  छ।