close

पुरानै योजनालाई निरन्तरता दिँदै सप्तकोशी सरकार

पुरानै योजनालाई निरन्तरता दिँदै सप्तकोशी सरकार

Trulli
ADVERTISEMENT

सप्तरी - सप्तकोशी नगरपालिकाले चालू आर्थिक वर्षमा पुरानै योजनालाई निरन्तरता दिने भएको छ । नगरपालिकाले चालू आर्थिक वर्ष २०८०/०८१ मा पुरानै योजना तथा विकास निर्माण कार्यलाई निरन्तरता दिन लागेको हो । 

नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद ढकालका अनुसार गत असारमा भएको नगरसभाबाट पुरानै योजनालाई निरन्तरता दिने निर्णय भएको हो । नगरभित्रको शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकतामा राखिएको उनले पालिकाखबरलाई बताए । 

'शिक्षा, स्वास्थ्य तथा कृषिलाई प्राथमिकतामा राखेर कार्यक्रम बनाएका छौँ ।  भौतिक निर्माण कार्यलाई अगाडि बनाइने छ,' उनले भने, 'बजेट सिमित मात्रै आएको छ । वडा कार्यालयको भवन निर्माण गर्नुपर्ने छ । प्रशासकीय भवन निर्माण गर्नुपर्ने छ ।'

सो अधुरो कुरा पुरा गर्ने गरी पुरानै कार्यक्रमलाई निरन्तरता दिने योजना बनाइएको उनले जानकारी दिए। उनले कक्षा १ देखि ५ सम्म अंग्रेजी माध्यमबाट पढाई, अभिभावकलाई अभिमुखीकरण गर्ने लगायतको कार्यक्रम रहेको सुनाए । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकपुर चौलागाईंले पालिकाको योजना कार्यान्वयनको लागि कर्मचारी तथा जनप्रतिनिधि समन्वयात्मक रुपमा अगाडि बढ्ने बताए । उनले योजना कार्यान्वयनको लागि शाखागत कर्मचारीहरुले प्रभावकारी र तीव्र रुपमा काम सम्पन्न गर्ने विश्वास व्यक्त गरे ।