close

उपाध्यक्ष वा उपप्रमुखलाई कार्यवाहक बनाउन स्थानीय तहलाई निर्देशन

उपाध्यक्ष वा उपप्रमुखलाई कार्यवाहक बनाउन स्थानीय तहलाई निर्देशन

Trulli
ADVERTISEMENT

काठमाडौं - गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र नेपाल नगरपालिका संघले स्थानीय तहका अध्यक्ष वा प्रमुखको अनुपस्थितिमा उपाध्यक्ष वा उपप्रमुखलाई कायवाहक दिन निर्देशन दिएको छ । महासंघ र संघले संयुक्त रुपमा आइतबार प्रेस विज्ञप्ति जारी गरी मुलुकभरका ७५३ वटै स्थानीय तहलाई सो निर्देशन दिएको हो । 

गाउँपालिका वा नगरपालिकाका अध्यक्ष वा प्रमुख कार्यक्षेत्रबाट सात दिनभन्दा बढी जाँदा कार्यवाहक उपाध्यक्ष वा उपप्रमुखलाई नदिएको समाचार आएपछि सोमा ध्यानाकर्षण भएको सो विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा उल्लेख गरिएको छ, 'गाउँपालिका/नगरपालिका अध्यक्ष/प्रमुखहरु कार्यक्षेत्रबाट सात दिनभन्दा बढी बाहिर जाँदा कार्यवाहकको जिम्मेवारी स्वतः उपाध्यक्ष वा उपप्रमुखलाई दिनुपर्नेमा पछिल्लो समयमा गाउँपालिका तथा नगरपालिका अध्यक्ष/प्रमुखलाई कार्यवाहकको जिम्मेवारी नदिई कार्यपालिका सदस्यहरुलाई दिइरहेको भन्ने समाचार आइरहेकोमा हामी संघ र महासंघको  ध्यानाकर्षण भएको छ । 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम कार्यवाहक पालन गराउनका लागि महासंघ र संघले संयुक्त रुपमा विज्ञप्ति जारी गरेको जनाइएको छ । कानुनको पालन गरी आफ्नो दायित्व अनुरुप काम गर्न र गराई सो विषयबाट विवादित नहुनसमेत अनुरोध गरिएको महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले जनाइन् ।