close

वडाध्यक्षलाई कार्यबाहक : उपाध्यक्ष हेरेको हेर्‍यै

वडाध्यक्षलाई कार्यबाहक : उपाध्यक्ष हेरेको हेर्‍यै

Trulli
ADVERTISEMENT

झापा - कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले वडा नम्बर-२ का वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएका छन् । वडाध्यक्षलाई कार्यबहाक अध्यक्षको जिम्मेवारी दिएर राई जापान भ्रमणमा निस्किएका हुन् ।

राईले कमल गाउँपालिका वडा नं. २ का अध्यक्ष अशोक सुब्बालाई कार्यवाहक दिएका हुन् । उपाध्यक्ष प्रमिला न्यौपानेले कार्याबाकको जिम्मेवारी नपाएपछि विवाद सुरु भएको छ । 

उनले वडाध्यक्षलाई कार्यबाहक दिने अध्यक्षको कदमविरुद्ध आफू अदालत जान लागेको समेत बताइन् । अध्यक्ष राई कांग्रेसबाट निर्वाचित हुन् भने कार्यबाहक पाउने लिम्बु एकीकृत समाजवादीबाट र उपाध्यक्ष एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् ।