close

आपसी सहमतिपछि खोलियो मुसिकोटको ताला, सेवा सञ्चालनमा

आपसी सहमतिपछि खोलियो मुसिकोटको ताला, सेवा सञ्चालनमा

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम- मुसिकोट नगरपालिकामा कर्मचारीले लगाएको ताला सोमबार खुलाईएको छ । नगरपालिकाका नगर उपप्रमुख विमलकुमारले नगर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नरेन्द्र ओलीमाथि हातपात भएपछि कर्मचारीले पालिकामा आईतबार ताला लगाएका थिए । 

कर्मचारी माथि हातपात भएको घटनाको बिरोधमा आईतबार कर्मचारीहरुले नगरपालिकाको मुख्य गेटमा तालाबन्दी गरेर पालिकाबाट प्रदान हुने सबै सेवा बन्द गराएका थिए । आन्दोलित कर्मचारीले आठ बुँदे माग राखेर धर्ना गरेपछि जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय र पालिकाका अधिकृतसँगको छलफल पश्चात सोमबार ताला खुलेको हो ।

नगरपालिकाका  निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्काले  एक विज्ञप्ति जारी गर्दै पालिकामा लगाईएको ताला खोली सेवामा फर्किन कर्मचारीहरुलाई निर्देशन जारी गरेका थिए । सरोकारवालासँगको छलफलपछि ताला खोलिएको नगरपालिकाले जनाएको छ ।

मुसिकोट– १ स्थित रहेको त्रिभुवन जनता माध्यमिक विद्यालयमा करार शिक्षक पदपूर्तिको विषयलाई लिएर आफूमाथि हातपात भएको शाखाका निमित्त अधिकृत ओलिको भनाइ छ भने नगर उपप्रमुख पुनले आफुले हातपात नगरेको दाबी गर्दै आएका छन ।