close

कर्मचारीहरुको तलबी प्रतिवेदन तयार पार्दै कागेश्वरी मनोहरा

कर्मचारीहरुको तलबी प्रतिवेदन तयार पार्दै कागेश्वरी मनोहरा

Trulli
ADVERTISEMENT

काठमाडौँ - कागेश्वरी मनोहरा नगरपालिकाले कर्मचारीहरुको नयाँ तलबी प्रतिवेदन तयार गर्न लागेको छ । तलब प्रतिवेदन तयार गर्नको लागि नगरपालिकाले कर्मचारीसँग निवेदन माग गरेको छ । 

नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै ग्रेडछुट र ग्रेडबढि हुने कर्मचारीहरु तथा नागरिक लगानी कोष कट्टी गर्न इच्छुक स्थायी, अस्थायी कर्मचारीहरुले नगरपालिकाले असार महिनाको तलबभत्ता मिलान नभई थपघट हुने जनाइएको छ ।

सोमबार प्रकाशित सूचनाका अनुसार ग्रेडछुट र ग्रेडबढि हुने कर्मचारीहरु तथा नागरिक लगानी कोष कट्टी गर्न इच्छुक स्थायी, अस्थायी कर्मचारीहरुले विवरण खुल्ने गरी नगरपालिकामा सम्पर्क गर्न सक्नेछन् । इच्छुक कर्मचारीले आगामी २७ गतेभित्र सम्पूर्ण विवरण खुल्ने आवेदन दिनुपर्ने सो सूचनामा उल्लेख गरेको छ । 

नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को नयाँ तलबी प्रतिवेदन तयारका लागि सम्पूर्ण विवरण खुल्ने आवेदन, कागजातसहित प्रशासन शाखा/लेखा शाखामा सम्पर्क गर्न सकिने छ । निर्धारित समयभन्दा  आवेदन दिएमा कुनै सुनुवाई नहुने सो सूचनामा उल्लेख गरिएको छ ।