close

टेम्केमैयुङसँग छैन आफ्नै प्रशासकीय भवन

टेम्केमैयुङसँग छैन आफ्नै प्रशासकीय भवन

Trulli
ADVERTISEMENT

भोजपुर– टेम्केमैयुङ गाउँपालिकामा हालसम्म पनि गाउँ कार्यपालिकाको प्रशासकीय भवन बनेको छैन । पर्याप्त बजेट नहुँदा गाउँ कार्यपालिकाको प्रशासकीय भवन निर्माण हुन नसकेको हो। 

गाउँपालिकाको वडा नं ३ मा प्रशासकीय भवन बनाउने योजना रहेको गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताए । उनको अनुसार बजेट नहुँदा हालसम्म पनि भवन बनाउन सकिएको छैन । वडा कार्यालयहरुले भने पूरानै भवनबाट सेवा सञ्चालन गरिरहेका छन् ।

९ वटा वडा रहेको टेम्केमैयुङमा हालसम्म कुनैपनि वडामा नयाँ प्रशासकीय भवन निर्माण हुन नसकेको उनले पालिकाखबरलाई जानकारी दिए ।