close

चार बुँदे सहमतिसँगै टुङ्गियो ई:को १९९ घण्टा लामो धर्ना

चार बुँदे सहमतिसँगै टुङ्गियो ई:को १९९ घण्टा लामो धर्ना

Trulli
ADVERTISEMENT

काठमाडौं– अभियानकर्ता ईः र काठमाडौं महानगरपालिकाबीच सहमती भएसँगै ईः ले धर्ना टुङ्ग्याएका छन् । १९९ घण्टा राष्ट्रिय सभा गृहमा फुटपाथ व्यवसायीका लागि माग गर्दै बसेका ईः का साथै अन्य अभियानकर्ताले बुधबार महानगरसँग सम्झौता भएसँगै अभियान टुङ्ग्याएका छन् । 

महानगरका कार्यपालिका सदस्य चिनीकाजी महर्जन र बालेनको सचिवालयका प्रतिनिधि धिरज जोशी तथा फुटपाथ व्यवसायका प्रतिनिधि राज कुमार श्रेष्ठ, सूर्य बहादुर थापा मगर र भोज कुमारी फुयाँलबीच चार बुँदे संयुक्त सहमती भएको हो । 

सहमतिमा काठमाडौं महानगरपालिकाले प्रदर्शन तत्कालै स्थगित गर्ने, फुटपाथ व्यवसायीको जफत गरेको सामानले महानगरले सम्बन्धीत सामान धनीलाई फिर्ता गर्ने निर्णय गरिएको छ । सम्झौता पत्रमा काठमाडौं महानगरपालिकाले अनौपचारिक क्षेत्रबाट हुने व्यवसायलाई व्यवस्थित बनाउन आठ सदस्यीय समिति गठन गरि २ महिनाभित्र प्रतिवेदन पेश गर्ने तथा साविकमा फुटपाथ व्यवसाय गरेका व्यवसायीका लागि कानुनले स्थगित गरेका बाहेकको उपयुक्त क्षेत्र एक हप्ताभित्र पहिचान गर्ने सम्झौता भएको छ । 

हेर्नुहोस् ईः र काठमाडौं महानगरपालिकाबीच बुधबार भएको सम्झौता