close

मन्थलीमा कार्यरत स्वास्थ्यकर्मी सुमित्रा बर्खास्तमा

मन्थलीमा कार्यरत स्वास्थ्यकर्मी सुमित्रा बर्खास्तमा

Trulli
ADVERTISEMENT

रामेछाप -  मन्थली नगरपालिकाले वडा नम्बर ७ को भटौली स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीलाई बर्खास्त गर्ने निर्णय गरेको छ । स्वास्थ्य संस्थामा कार्यरत सिनियर अहेब सुमित्रा श्रेष्ठ गत असार ८ गतेदेखि कार्यालयमा अनुपस्थित भएपछि उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो । 

नगरपालिकाको जनशक्ति व्यवस्थापन तथा वडा समन्वय शाखाका शाखा अधिकृत गोविन्द कट्टेलका अनुसार अहेब श्रेष्ठ गत असार ८ गतेदेखि स्वास्थ्य चौकीमा हाजिर भएकी छैनन् । उनलाई नगरपालिकाले वडा नम्बर ७ को भटौली केन्द्रमा खटाएको पालिकाखबरलाई बताए । 

तर नब्बे दिनभन्दा बढी अनुपस्थित भएपछि भदौ १३ स्पष्टिकरण माग गर्दै पत्र काटेको थियो । तर, आजको मितिसम्म पनि कुनै जवाफ नआएकोले ७ दिनको मिति थप गरी पत्र काटेको नगरपालिकाले जनाएको छ । 
 
‘उहाँले एक वर्षअघि नै विदा लिनु भएको थियो । अनौपचारिक जानकारीका अनुसार उहाँ विदेश जानु भएको थियो,’ उनले भने, ‘अब उहाँले विदा लिनु भएको छैन तर गत असार ७ गतेसम्म हाजिर हुनुभयो ।  ८ देखि कार्यालयमै हाजिर हुनु भएको छैन ।’

कार्यालयले उनलाई सोबारे पत्र काटेर पठाएपनि कुनै जवाफ आएको नआएको उनले बताए । स्पष्ट जवाफ नआएमा अहेब श्रेष्ठलाई जागिरबाट बर्खास्त गर्न सक्ने उनले जानकारी दिए । उनले भने, ‘उहाँले सफाईसहितका स्पष्ट र चित्त बुझने जवाफ दिनु भयो भने अगाडि बढाउन सक्नु हुन्छ । यदि जवाफ दिनु भएन भने उहाँलाई सेवाबाट हटाउन सकिन्छ ।’