close

पालिकाको बजेट कम हुँदा वृहत जनश्रमदान कार्यक्रम

पालिकाको बजेट कम हुँदा वृहत जनश्रमदान कार्यक्रम

Trulli
ADVERTISEMENT

पाँचथर– तुम्वेवा गाउँपालिकाका अध्यक्षको नेतृत्वमा वृहत जनश्रमदान हुने गरेको छ । चालू आर्थिक वर्ष २०८०/0८१ को नीति तथा कार्यक्रममा समावेश गरेर ‘मेरो पालिका, मै बनाउँछु,’ भन्ने मुल अभियानका साथ पालिका अध्यक्षको नेतृत्वमा वृहत जनश्रमदान कार्यक्रम सञ्चालन भएको हो । 

विगतदेखि नै श्रमदान हुने भएपनि चालू आर्थिक वर्ष २०८०/८१को नीति तथा कार्यक्रममा नै समावेश गरेर जनश्रमदान अघि बढाएको पालिका अध्यक्ष खड्काले बताए । 

प्रत्येक वडामा जनप्रतिनिधिको सहभागितामा गाउँपालिकाको विभिन्न विकास निर्माणहरुको काम जनश्रममार्फत गरिरहेको उनले जानकारी दिए । सो कार्यक्रम बाध्यकारी नभई आफ्नो गाउँठाउँ बनाउन इच्छुकहरुलाई खुला रुपमा आह्वान गरेर जनप्रतिनिधिको सहभागितामा सञ्चालन हुने उनले पालिकाखबरलाई बताए । 

महिनामा २ पटक बिदा तथा अनुकूल समय पारेर वृहत श्रमदान गर्ने गरेको उनले बताए । उनको अनुसार खानेपानीका मुहानहरु संरक्षण गर्ने, बोटविरुवा राप्ने, सुख्खा क्षेत्रमा वृक्षरोपण गर्ने, सडक मर्मत गर्ने, सार्वजनिक संघ संस्थाको सरसफाई, पूर्वाधार लगायतको क्षेत्रमा आवश्यकताअनुसार श्रमदान गरिन्छ । 

बजेट अभावको कारणले गर्दा जनश्रमदानको कार्यक्रम सुरु गरिएको पालिकाका अध्यक्ष खड्काले बताए । ‘जनताले हेर्दा स्थानीय तहलाई बजेट धेरै दिएको जस्तो देखिन्छ । तर विकास बजेटको लागि एकदमै न्यून हुन्छ । चाहेका कुरापनि समेट्न सक्दैनौँ । त्यसैले जनश्रमदान आवश्यक छ भनेर पालिकाका पाँचओटै वडामा श्रमदान कार्यक्रम गरिरहेका छौँ’ उनले भने । 

स्थानीयहरु उत्साहका साथ कार्यक्रममा सहभागिता जनाउने गरेको उनले जानकारी दिए । जनसहभागिता र श्रमदानबाट जोगिएको रकमको रेकर्ड हरेक पटकको श्रमदानको समयमा राख्ने गरेको उनले बताए । एकमुष्ठ रुपमा श्रमदानको प्रगति सार्वजनिक गर्ने उनले जानकारी दिए ।