close

भूमे सरकारको आफ्नै 'भूमे साप्ताहिक'

भूमे सरकारको आफ्नै 'भूमे साप्ताहिक'

Trulli
ADVERTISEMENT

रुकुम  पूर्व - भूमे गाउँपालिकाले आफ्नै साप्ताहिक पत्रिका प्रकासन गर्दै आएको छ । पालिकाले गरेको क्रियाकलापबारे स्थानीय बासिन्दालाई जानकारी दिनको लागि गाउँपालिकाले साप्ताहिक पत्रिका प्रकासन आएको हो । 

गाउँपालिकाकी उपाध्यक्ष सविना बुढाका अनुसार पालिकाले विगत पाँच वर्षदेखि भूमे साप्ताहिक पत्रिका प्रकासन गर्दै आएको छ । पत्रिकामा गाउँपालिकाले गर्दै आएको काम र विकास निर्माणकोबारेमा जानकारी प्रकासन गरिने उनले पालिकाखबरलाई बताइन् । पत्रिका प्रकासन गर्नको लागि गाउँपालिकाले आन्तरिक स्रोतबाट बजेट विनियोजन गरेको उनको भनाइ छ । 

पत्रिकाको लागि लेख तथा समाचार स्थानीय पत्रकारहरुले लेख्ने र उनीहरुको लागि गाउँपालिकाले खाजाको व्यवस्था गरिदिने उनले सुनाइन् । पत्रिका प्रकासनमा आएसँगै स्थानीयमा पत्रिका पढ्ने बानीकोसमेत विकास भएको उनको भनाइ छ । पत्रिका प्रकासनको लागि गाउँपालिकाले वार्षिक करिब साढे दुई लाख रुपैयाँ बजेट विनियोजन गर्ने उनले बताइन् ।