close

विकास केन्द्रका सहजकर्ताको तलब वृद्धि गरी ८ हजार पुर्‍याइयो

विकास केन्द्रका सहजकर्ताको तलब वृद्धि गरी ८ हजार पुर्‍याइयो

Trulli
ADVERTISEMENT

पाल्पा- पूर्वखोला गाउँपालिकाले बाल विकास केन्द्रका सहजकर्ता तथा शिक्षकको प्रोत्साहन अनुदान रकम वृद्धि गर्ने भएको छ । गाउँपालिकाले गत आर्थिक वर्षभन्दा चालु आवमा एक हजार रुपैयाँको दरले प्रोत्साहन अनुदान रकम वृद्धि गरेको हो । 

गाउँपालिकाको १४१औँ कार्यपालिका बैठकले शिक्षक तथा सहजकर्ताको रकममा वृद्धि गर्ने निर्णय गरेको हो । सो रकम चालु आवमा विनियोजित रकमबाट व्यहोर्ने गाउँपालिकाले जनाएको छ । 

रकम वृद्धि भएसँगै क्रमश: सहजकर्ताले ८ हजार, प्राथमिक शिक्षक (१—५) दश हजार,  आधारभूत शिक्षक (६—८) ११ हजार,  माध्यमिक शिक्षक (९—१०)  १२ हजार र उमा शिक्षक (११—१२) २२ हजार रुपैयाँ हुने भएको छ ।