close

एक जना कर्मचारीकाे भरमा पाँच वटा शाखा

एक जना कर्मचारीकाे भरमा पाँच वटा शाखा

Trulli
प्रतीकात्मक
ADVERTISEMENT


ताप्लेजुङ- सिरिजङ्घा गाउँपालिकामा एक जना कर्मचारीले पाँच वटा शाखा सम्हाल्दै आएका छन् । गाउँपालिकाका कृषि सेवा शाखाका संयोजक सुमन भट्टराईले पाँच वटा शाखा सम्हाल्दै आएका हुन् । 

गाउँपालिकाको कृषि शाखाका साथै पर्यटन, सहकारी, आर्थिक र पशु शाखा सम्हाल्दै आएको उनले पालिकाखबरलाई बताए । एक जना कर्मचारीले पाँच वटा शाखा सम्हाल्नु पर्ने भएकाले तथ्यांक संकलन तथा अन्य कार्यमा समस्या भएको उनको गुनासो छ ।

'पशु शाखामा एक जना भाई हुनुहुन्छ । पाँच वटा शाखा एक जना कर्मचारीले सम्हाल्दै आएको छु,' उनले भने । ग्रामीण भेग भएकाले पनि धेरै शाखाको जिम्मेवारी दिएको उनको अनुभव छ । 'हामी ग्रामीण क्षेत्रमा छौँ । त्यसैले धेरै शाखा हेर्नु परेको होला,' उनले भने, 'मधेसमा एउटा शाखाकै लागि पाँच जना कर्मचारीको व्यवस्था गरेको हुन्छ ।'