close

अपाङ्गता भएका व्यक्तिलाई पालिकाको भत्ता र कपडा

अपाङ्गता भएका व्यक्तिलाई पालिकाको भत्ता र कपडा

Trulli
ADVERTISEMENT

तनहुँ - देवघाट गाउँपालिकाले अशक्त तथा पूर्ण अशक्त स्थानीय बासिन्दालाई लत्ता कपडा वितरण गर्दै आएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप सो सामग्री वितरण गर्दै आएको हो । 

गाउँपालिकाको उपाध्यक्ष भुवन सिं गुरुङका अनुसार जाडोयामलाई लक्षित गरी पालिकाले कपडा, साबुन तथा हर्लिक्स वितरण 'क' र 'ख' वर्गलाई गरेको हो । चालु आर्थिक वर्षम १३० जना स्थानीय बासिन्दालाई सो सामग्र वितरण गर्ने योजना बनाएको उनले पालिकाखबरलाई बताए । 

सो कार्यक्रमको लागि गाउँपालिकाले चालु आवमा चार लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 'अशक्त व्यक्ति अरुको भरमा बस्नुपर्ने हुन्छ । उहाँहरुको सजहताको  लागि गाउँपालिकाले सो सामग्री वितरण गर्दै आएका हौँ,' उनले भने, 'हामीले सम्बन्धित व्यक्तिको घर घरमा गएर वितरण गर्दै आएका छौँ ।' 

सामग्री वितरणसँगै प्रत्येक वडामा मेलमिलाप सेवा केन्द्रको उद्घाटनसमेत गर्दै आएको उनले सुनाए । समयको सदुपयोग गर्दै दुबै कामलाई एकैपटक गरेको उनको भनाइ छ । उनका अनुसार गाउँपालिकाले ४८ घण्टे मेलमिलापकर्ताको तालिम दिएर सूचीकृतसमेत गरिसकेको छ ।