close

बालबालिकालाई मासिक ५३२ रुपैयाँ भत्ता

बालबालिकालाई मासिक ५३२ रुपैयाँ भत्ता

Trulli
ADVERTISEMENT

सप्तरी - छिन्नमस्ता गाउँपालिकाले बालबालिकाको लागि बालपोषणभत्ता वितरण गर्दै आएको छ । गाउँपालिकाले बालबालिकालाई कुपोषण हुनबाट बचाउनका लागि बालपोषण भत्ता वितरण गर्दै आएको हो । 

गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख सुजित दासका अनुसार पालिकाभित्रका पाँच वर्षभन्दा मुनिका बालबालिकालाई बाल पोषणभत्ता वितरण गर्दै आएको छ । पालिकाले मासिक रुपमा ५३२ रुपैयाँको दरले सो भत्ता वितरण गर्दै आएको उनले पालिकाखबरलाई सुनाए । 

गाउँपालिकामा सबै स्थानीय बासिन्दा आर्थिक अवस्था एउटै नभएको उनको भनाइ छ । आर्थिक रुपमा विपन्न भएका स्थानीय बासिन्दामा पोसिलो खानेकुराको अभाव हुने र विभिन्न रोगबाट ग्रसित हुने उनले सुनाए । 

सो हुन नदिनको लागि गाउँपालिकाले सो रकम वितरण गर्दै आएको उनको भनाइ छ । सो रकमबाट बालबालिकाले पोसिला खानेकुरा खान पाउने उनको विश्वास छ । गाउँपालिकामा हाल दुई हजार ९० जना बालबालिकालाई क्षेत्र ताेकिएकाे छ।  ८६६ दलित समूदायको बालबालिका रहेको उनको भनाइ छ ।