close

मुसहर बस्ती निर्माणका लागि ९ करोड विनियोजन

मुसहर बस्ती निर्माणका लागि ९ करोड विनियोजन

Trulli
ADVERTISEMENT

धनुषा- विदेह नगरपालिकाले विपन्न परिवारको लागि आवास निर्माण गर्ने भएको छ । जसका लागि बोलपत्र आव्हान गरेको छ । मुसहर समुदायलाई सुरक्षितको आवासको व्यवस्थापन गर्नको लागि नगरपालिकाले बस्ती निर्माण गर्न लागेको हो ।

बस्ती निर्माण गर्नको लागि नगरपालिकाले बोलपत्र आव्हान गरेको छ । नगरपालिकाको योजना शाखाका प्रमुख राघवेन्द्र साहका अनुसार पालिकाले वडा नम्बर ९ मा मुसहर बस्ती निर्माण लागेको हो । 

करिब ९ करोड रुपैयाँमा ५० वटा घर निर्माण गर्न लागेको उनले पालिकाखबरलाई सुनाए । दलित समुदाय, आर्थिक रुपमा न्यून तथा लेखपढ नभएको समुदाय भएको नगरपालिकाले बस्ती निर्माण गर्न लागेको उनले सुनाए ।