close

लदीको अवसरमा स्थानीय पर्व विदा

लदीको अवसरमा स्थानीय पर्व विदा

Trulli
ADVERTISEMENT

झापा - शिवसताक्षी नगरपालिकाले फागुन १५ गते मंगलबार स्थानीय पर्व विदा दिएको छ । नगरपालिकाले शुक्रबार सूचना जारी गर्दै स्थानीय पर्व विदा दिएको जनाएको हो । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले जारी गरेको सूचना अनुसार बिहीबार बसेको कार्यपालिका बैठकबाट माझी समुदायको कोशी पूजा (लदी)को अवसरमा स्थानीय पर्व विदा दिएको हो । 

सो दिन नगरपालिका अन्तर्गतको कार्यापालिका, वडा कार्यालय, स्वास्थ्य कार्यालय तथा शैक्षिक संस्थाहरू बन्द रहने सो सूचनामा उल्लेख गरेको छ ।