close

लिखुमा ३० विद्यार्थी सम्मानित

लिखुमा ३० विद्यार्थी सम्मानित

Trulli
ADVERTISEMENT

ओखलढुंगा- लिखु गाउँपालिकाले विद्यार्थीलाई सम्मान गरेको छ । जिल्लास्तरीय राष्ट्रपति रनिङ  शिल्ड प्रतियोगितामा सहभागि भएका विद्यार्थीलाई पालिका अध्यक्ष अशोककुमार कार्कीले मंगलबार सम्मान गरेका हुन् । 

गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडाध्यक्ष मोहन कार्कीका अनुसार विद्यार्थीलाई प्रोत्साहन स्वरुप सम्मान गरेको हो । गाउँपािलकाले प्रतियोगितामा सहभागी भएका विद्यार्थीलाई धन्यवाद ज्ञापन गर्नुका साथै दोसला ओढाएर सम्मान गरेको उनले पालिकाखबरलाई सुनाए । 

गाउँपालिकाले प्रतियोगितामा सहभागी भएका ३० जना विद्यार्थीलाई सम्मान गरेको उनले जानकारी दिए । विद्यार्थीलाई थप प्रोत्साहनको लागि गाउँपालिकाले थप योजना बनाउने पालिका अध्यक्ष कार्कीले प्रतिबद्धता जाहेर समेत गरेका छन् । 

ओखलढुंगाको रुंग्झाटर माध्यमिक विद्यालयमा फागुन ११ देखि १४ गतेसम्म जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भएको उनले जानकारी दिए । प्रतियोगितामा गाउँपालिकाले दुई स्वर्ण, १४ कास्य र १० रजतसहित २६ वटा पदक जितेको उनको भनाइ छ ।