close

स्थापना दिवस मनाउँदै फेदीखोला

स्थापना दिवस मनाउँदै फेदीखोला

Trulli
ADVERTISEMENT

स्याङ्जा– फेदीखोला गाउँपालिकाले स्थापना दिवस मनाउने भएको छ । गाउँपालिकाले फागुन २७ गते गाउँपालिकाको स्थापना दिवस मनाउने भएको हो । 

गाउँपालिकाअन्तर्गतका राजनैतिक दल, सरोकारवाला, जनप्रतिनिधि, कर्मचारी तथा विद्यार्थीहरुबिच अन्तरक्रिया गरिने पालिका अध्यक्ष घनश्याम सुवेदीले बताए । ‘फेदिखोला गाउँपालिका: स्थापनादेखि वर्तमानसम्मको यात्रा’ विषयमा अन्तरक्रिया गरेर स्थापना दिवस मनाउन लागेको उनले बताए । 

सोही शिर्षकमा गाउँपालिकाका माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सञ्चालन गर्ने उनले बताए । गाउँपालिकाको बहुउद्धेश्यीय सभाहलमा सामान्य अन्तरक्रिया तथा वक्तृत्वकला प्रतियोगिता आयोजना गर्न लागेको अध्यक्ष सुवेदीले पालिकाखबरलाई बताए ।