close

इटहरीमा पार्टी प्यालेसकाे अनुगमन

इटहरीमा पार्टी प्यालेसकाे अनुगमन

Trulli
ADVERTISEMENT

सुनसरी- इटहरी उपमहानगरपालिकाले बजार क्षेत्रको अनुगमन गरेको छ ।  उपमहानगरपालिकाको अनुगमन समितिसहितको टोलीले सोमबार अनुगमन गरेको हो । 

उपमहानगरपालिकाकी उपाध्यक्ष संगीताकुमारी चौधरीका अनुसार उपमहानगरपालिकाको टोलीले बजार क्षेत्रको रिसोर्ट, होटेल तथा पार्टी प्यालेसको अनुगमन गरेको हो । उपमहानगरपालिकाले गरेको अनुगमनमा अखाद्य वस्तुहरु खासै फेला नगरेको उनले पालिकाखबरलाई बताइन् ।

उनका अनुसार सो क्षेत्रमा भोज तथा भतेर भए मात्रै अर्डर आउने भएकाले अखाद्य वस्तु फेला नपरेको हो । केही सामग्रीहरु सोही क्षेत्रमा नष्ट गरेको जनाइएको छ ।

अनुगमनमा खटिएका कर्मचारीले पाटी प्यालेसलाई चेतावनीका साथै सफा राख्नको लागि अनुरोधसमेत गरेको छ । उपमहानगरपालिकाले समय समय पालिकाभित्र अनुगमन गर्दै आएको छ ।