close

स्थापना दिवसमा के गर्दै छ पाथीभराले

स्थापना दिवसमा के गर्दै छ पाथीभराले

Trulli
ADVERTISEMENT

ताप्लेजुङ - पाथीभरा याङवरक गाउँपालिकाले स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ । गाउँपालिकाले यही फागुन २७ गते सातौँ स्थापना दिवस मनाउने भएको छ । 

गाउँपालिकाको प्रशासन शाखाका शिवकुमार काम्बाङका अनुसार स्थापना दिवसको अवसरमा उत्कृष्ट व्यक्तित्वलाई सम्मान गर्ने भएको छ । गाउँपालिकाले कर्मचारी, खेलाडी र किसानलाई सम्मान गर्ने पालिकाखबरलाई बताए । 

गाउँपालिकाले उत्कृष्ट तीन जना कर्मचारी, खेलाडीको टीम र २ जना उत्कृष्ट किसानलाई सम्मान गर्ने जनाइएको छ । स्थापना दिवसको अवसरमा गाउँपालिकाले भलिबल प्रतियोगिता गर्ने उनले बताए ।