close

स्थापना दिवसको अवसरमा छत्रकोटमा स्थानीय बिदा

स्थापना दिवसको अवसरमा छत्रकोटमा स्थानीय बिदा

Trulli
ADVERTISEMENT

गुल्मी– छत्रकोट गाउँपालिकाले स्थापना दिवसको अवसरमा स्थानीय बिदा दिएको छ । गाउँपालिकाले बिहीबार एक सूचना जारी गर्दै स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिएको हो । 

बुधबार बसेको कार्यपालिका बैठकले २७ गते गाउँपालिकाको आठौँ स्थापना दिवसको अवसरमा बिदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

सो दिन स्वास्थ्य तथा आकस्मिक सेवाबाहेकका पालिका मातहतका सबै सरकारी, गैरसरकारी तथा बित्तीय संस्थालाई बिदा दिएको गाउँपालिकाले सूचनामार्फत जानकारी दिएको छ ।