close

शौचालय प्रतियोगिता गर्दै धनगढी, कार्यसम्पादनमा धुलिखेल नगर उत्कृष्ट

शौचालय प्रतियोगिता गर्दै धनगढी, कार्यसम्पादनमा धुलिखेल नगर उत्कृष्ट

Trulli
ADVERTISEMENT

शौचालय प्रतियोगिता गर्दै धनगढी

कैलालीको धनगढी उपमहानगरपालिकाले शौचालय डिजाइन प्रतियोगिताको आयोजना गरेको छ । उपमहानगरपालिकाले सार्वजनिक शौचालय डिजाइन गर्ने व्यक्तिहरुबीच प्रतिस्प्रर्धा गराउन लागेको हो । 

नेपाल आर्किटेक्ट इन्जिनियर्स एशोसिएशनसँगको समन्वयमा उपमहानगरपालिकाले प्रतियोगिता सञ्चालन गर्न लागेको हो । प्रतियोगितामा मुलुकभरका इन्जिनियर सहभागी हुन सक्ने उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले बताए । प्रतियोगितामा प्रथम र द्धितीय हुने व्यक्तिलाई क्रमश एक लाख ५० हजार र ७५ हजार रुपैयाँ पुरस्कार वितरण गर्ने नगरप्रमुख हमालले जानकारी दिए । साथै प्रथम हुने शौचालय उपमहानगरपालिकामा निर्माण गरिने छ । 

बुटवलको राष्ट्रपति रनिङ्ग शिल्डमा २९ पदक जित्दै कालिका प्रथम

रुपन्देहीको बुटवल उपमहानगरपालिकामा आयोजित चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा २९ पदक जित्दै कालिका मानवज्ञान माध्यमिक विद्यालय प्रथम भएको छ । कालिकाले १७ स्वर्ण, ७ रजत र ५ कास्य गरी २९ पदक जितेको हो । 

प्रतियोगितामा ३८ विद्यालयका विद्यार्थीहरुको सहभागी भएका थिए।  फिल्ड हाइजम्प, लङजम्प, त्रिपल जम्प, ज्याभलिङ थ्रो, सटपुट, रिले दौड, भलिबल, कबड्डी, तेक्वान्दोलगायतका खेलमा ४ सय ९४ टीमका १ हजार ९१ विद्यार्थीको सहभागीता रहेको थियो। प्रतियोगितामा नगर प्रमुख खेलराज पाण्डेयले बुटवलबाट राष्टिय अन्तरराष्टिय स्तरका खेलमा सहभागी हुने गरी क्षमता विकासका लागि सहयोग गर्ने बताका छन्।

कार्यसम्पादनमा धुलिखेल नगर उत्कृष्ट

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका यस वर्ष जिल्लामा उत्कृष्ट भएको छ । जिल्लाका १३ स्थानीय तहमध्ये धुलिखेल नगर सबैभन्दा बढी अङ्क ६५ दशमलव प्राप्त गरी जिल्लामा उत्कृष्ट भएको हो । 

यस्तै नमोबुद्ध नगरपालिकाले ६४ दशमलव ६० अङ्कका साथ दोस्रो स्थान तथा ६२ दशमलव १३ अङ्क प्राप्त गरी चौँरीदेउराली गाउँपालिका तेस्रो भएको छ ।

फालेलुङले फेर्यो पालिका केन्द्रको नाम

पाँचथरको फालेलुङ गाउँपालिकाले केन्द्र रहेको ठाउँको नाम परिवर्तन गरेको छ । गाउँपालिकाले शुक्रबार एक सुचना जारी गर्दै फालेलुङ गाउँपालिका केन्द्र रहेको स्थानलाई थकेपुङमा परिवर्तन गरेको जानकारी गराएको हो ।

गाउँ कार्यपालिकाको माघ २२ गते बसेको बैठकले साविक नाम थोक्लिम्बालाई परिवर्तन गर्दै थकेपुङ कायम गर्ने  निर्णय गरेको हो । नाम फेरिए पनि केन्द्र रहेको ठाउँ नफेरिने प्रमूख प्रशासकीय अधिकृत डम्बर आङदेम्बेले जानकारी दिए। हाल गाउँपालिका केन्द्र रहेको स्थानलाई परापूर्वकालदेखि थकेपुङ भनिँदै आएकोमा अपभ्रंशस गरी थोक्लिम्बा भनिन थालेको भन्दै विरोध हुने गरेको थियो ।

शिवराजमा सामाजिक बहिस्करण र प्रभाव न्यूनीकरण सम्बन्धि अन्तरक्रिया सम्पन्न

कपिलवस्तुको शिवराज नगरपालिकामा  सुरक्षित आप्रवासन कार्यक्रमको सामाजिक बहिस्करण र प्रभाव न्यूनीकरण सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । 

वैदेशिक रोजगारलाई सुरक्षित व्यवस्थित,मर्यादित,उपलब्धिमुलक एवं शोषणरहित बनाउन नेपाल सरकार र स्वीस सरकारको द्विपक्षिय सम्झौता अनुसार  नगरपालिकामा लागु भई संचालनमा रहेको कपिलवस्तु जिल्लाका कार्यक्रम  संयोजक शुभाष रेग्मीले बताए ।

एसइईका परीक्षार्थीका लागि निःशुल्क अतिरिक्त कक्षा

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा ९एसइई० लाई मध्यनजर गरी सामुदायिक विद्यालयमा निःशुल्क अतिरिक्त कक्षा सञ्चालन गरेको छ । नगरपालिका क्षेत्रमा रहेका माध्यमिक तहमा पढाइ हुने १३ सामुदायिक विद्यालयमा उक्त कक्षा सञ्चालन गरिएको हो । 

कमजोर विद्यार्थीका लागि अङ्गे्रजी, गणित र विज्ञान विषयको अतिरिक्त कक्षा सञ्चालन भइरहेको नगरपालिकाको शिक्षा शाखाका नायब सुब्बा दीपेन्द्र जोशीले बताए। उनका अनुसार न्यूनतम ३५ दिन अनिवार्य कक्षा सञ्चालनको व्यवस्था गरिएको र यसका लागि रु पाँच लाख परिचालन गरिएको छ । 

हात्तीपाइले विरुद्ध औषधी सेवन अभियान सञ्चालन गर्दै गढवा

दाङको गढवा गाउँपालिकाले हात्तीपाइले विरुद्ध औषधी सेवन गराउने भएको छ । गाउँपालिकाको आयोजनामा फागुन ११ गतेदेखि हात्तीपाइले रोगविरुद्ध औषधी सेवन गराउन लागेको हो । 

गाउँपालिकाको अनुसार राष्ट्रिय हात्तीपाइले निवारण कार्यक्रम २०७९ अन्तर्गत आम औषधी सेवन अभियान सञ्चालन गर्न लागेको हो । गाउँपालिकाले सबै स्थानीय बासिन्दालाई सो औषधी सेवन गर्नको लागि अनुरोध गरेको छ । स्थानीय बासिन्दालाई हात्तीपाइले रोगबाट बचाउनका लागि सो अभियान सञ्चालन गर्न लागेको जनाइएको छ ।