close

इन्टरनेट सेवा संस्थालाई कोटेशन पेश गर्न अनरोध, न्यायिक समितिः विवाद मेलमिलापको माध्यम (भिडियाेखबर)

इन्टरनेट सेवा संस्थालाई कोटेशन पेश गर्न अनरोध, न्यायिक समितिः विवाद मेलमिलापको माध्यम (भिडियाेखबर)

Trulli
ADVERTISEMENT

इन्टरनेट सेवा संस्थालाई कोटेशन पेश गर्न अनरोध

स्याङ्जाको चापाकोट नगरपालिकाले कोटेशन पेश गर्न अनुरोध गरेको छ । नगरपालिकाले एक सूचना जारी वडा नम्बर ६ र ७ लागि फाइबर इन्टरनेट सेवा जडान गर्नका लागि कोटेशन पेश गर्न अनुरोध गरिएको हो । सोका लागि इन्टरनेट सेवा प्रदायक संस्थाले कोटेशन पेश गर्न सक्ने नगरपालिकाले जनाएको छ । कोटेशनका लागि संस्थाको दर्ता प्रमाणपत्र र करचुक्ताको कागजसहित फागुन १९ गतेभित्र दररेटसहित आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । 

व्यवसायीलाई कर तिर्न पालिकाको निर्देशन

नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिकाले पालिकाभित्रका व्यवसायीलाई कर तिर्न निर्देशन दिएको छ ।

गाउँपालिका र वडामा दर्ता भइ सञ्चालनमा आएका तर करका दायरमा नआएका व्यवसाय कर तिर्न तथा दर्ता नभएका व्यवसायलाई वडा कार्यालयमा दर्ता गराई कर तिर्न शनिबार एक सुचना जारी गर्दै गाउँपालिकाले निर्देशन दिएको हो। 

सुचना प्रकासित भएको १५ दिन भित्र वडा कार्यालयमा गई प्रचलित कानुन बमोजिम बुझाउनु पर्ने कर तिर्न व्यवसायिलाई पालिकाले निर्देशन दिएको छ । तोकिएको समयमा कर नतिरेमा प्रचलित कानुनअनुसार कारबाही गर्ने पालिकाले जनाएको छ । 

कालिकामा स्वास्थ्य बीमा सुरु
रसुवाको कालिका गाउँपालिकाले आफ्ना वडावासीलाई स्वास्थ्य बीमा गरिदिएको छ । सहज स्वास्थ्य सेवा उपलब्ध गराउन गाउँपालिकाले आफ्ना क्षेत्रमा बसोबास गर्ने एक हजार आठ सय ९२ घरपरिवारका १२ हजार छ सय ९२ स्थानीयवासीको स्वास्थ्य बीमा गरिदिएको हो। 

ग्रामीण अस्पताल जिबजिबेमा उपचार हुने गरि यही फागुन १ गतेबाट एकवर्षे बीमाको सुविधा लागू भएको छ । बीमाकर्ताले प्रतिव्यक्ति रु २० हजारका दरले सुविधा पाउने छन्। यसका लागि वार्षिक एक करोड छुट्याएको कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटाले जानकारी दिए। स्थानीय सरकारले गरिदिएको बीमाबाट ग्रामीण दूरदराजका बासिन्दालाई उपचारमा निकै सहयोग पुग्ने उनको विश्वास छ। 

पाँच वर्षपछि पुनः प्रयोगमा ल्याइँदैँ वायोग्यास प्लान्ट

काठमाडौं महानगरपालिकाले पाँच वर्षदेखि बन्द रहेको वायोग्यास प्लान्ट पुनः सञ्चालन गर्ने  भएको छ  । फोहरबाट ऊर्जा उत्पादन गर्ने लक्ष्यसहित युरोपियन युनियन र कामपाको आर्थिक लगानीमा टेकुस्थित वातावरण विभागको परिसरमा जडान गरिएको वायोग्यास प्लान्ट मर्मत गरी पुनः प्रयोगमा ल्याउन लागिएको कामपाले जनाएको छ ।

महानगरका वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठका अनुसार कुहिने फोहरबाट बिजुली र ग्यास उत्पादन गरी नवीकरणीय ऊर्जा उत्पादन गर्ने तथा कुहिने फोहरको दिगो व्यवस्थापनका लागि यो परियोजना पुनः सञ्चालन गर्ने  तयारी गरिएको हो । यसका लागि कामपाले राष्ट्रिय आविष्कार केन्द्रसँग छलफल गरिरहेको छ ।

राष्ट्रपति रनिङ शिल्डको उपाधि बेनीलाई

म्याग्दी सदरमुकाम बेनीमा शनिबार सम्पन्न जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बेनी नगरपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा सदरमुकाम बेनीस्थित खुलामञ्चमा सम्पन्न रनिङ शिल्ड प्रतियोगितामा १५ स्वर्ण, सात रजत, आठ कास्य पदक हात पार्दै बेनी प्रथम हुन सफल भएको हो ।

त्यसैगरी प्रतियोगितामा पाँच स्वर्ण, सात रजत र तीन कास्य पदकसहित अन्नपूर्ण गाउँपालिका दोस्रो र पाँच स्वर्ण, तीन रजत र चार कास्य पदकसहित मङ्गला गाउँपालिका तेस्रो हुन सफल भएका छन् ।

उज्यालो सहर भरतपुरको दोस्रो चरणको काम सुरु हुँदै

चितवनको भरतपुर महानगरपालिकाले सडक बत्ती जडान गर्नको लागि बोलपत्र आव्हान गरेको छ । महानगरपालिकाले उज्यालो सहर बनाउने अभियानअन्तर्गत दोस्रो चरणको कार्यक्रम सुरु गर्नका लागि बोलपत्र आव्हान गरेको हो  ।

महानगरपालिकाले पहिलो चरणमा ७८ दशमलब एक किलोमिटर क्षेत्रमा स्मार्ट सडक बत्ती जडान गरिसकेको छ । दोस्रो चरणमा एक सय १८ किलोमिटर क्षेत्रमा थप बत्ती राख्न बोलपत्र आह्वान गरिएको जनाएको छ । महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवर्द्वन आयोजनाको सहकार्यमा महानगरमा उक्त काम  सुरु गरिएको हो ।

न्यायिक समितिः विवाद मेलमिलापको माध्यम

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको न्यायिक समितिमा आउने विवाद मेलमिलापको माध्यमबाट समाधान गरिएका छन् । चालु आर्थिक वर्षमा १६ मुद्दा मेलमिलापका माध्यमबाट समाधान गरिएको छ ।

चालु आवमा दर्ता भएका १६ र गत वर्षको जिम्मेवारी सरी आएका तीन गरी १९ विवाद न्यायिक समितिमा आएकामा ती मध्ये १६ विवाद समाधान गरिएका छन् । तीन विवादको छिनोफानो हुन बाँकी छ । नगरपालिकाको न्यायिक फाँटका कर्मचारी सुरेन्द्रदेव भट्टका अनुसार समितिमा बाटो विवादका दुई, गाली बेज्जतीका तीन, जग्गा साँध सिमाना विवादका पाँच, ज्याला मजदुरीका दुई विवाद समितिमा आएका छन् ।