close

कञ्चनपुरस्थित बेदकोटको लिङ्गा धाममा बढ्दै पर्यटक, पूर्वाधार विकासमा पुगेन ध्यान

कञ्चनपुरस्थित बेदकोटको लिङ्गा धाममा बढ्दै पर्यटक, पूर्वाधार विकासमा पुगेन ध्यान

ADVERTISEMENT

पर्यटकीय हिसाबले साँच्चै महत्त्वपूर्ण र सुन्दर स्थानहरु छन् नेपालमा । कतै धार्मिक, कतै सांस्कृतिक त कतै प्राकृतिक सौन्दर्य र अर्थ बोकेका यस्ता स्थान र चिजहरुको उचित प्रचार र सम्वद्र्धन नहुँदा त्यसबाट हुने पहिचान र आम्दानी गुमाउँदै गएका छौँ हामी ।

 

यस्तै महत्त्वपूर्ण एउटा धार्मिक, प्राकृतिक स्थल हो लिङ्गामा । कञ्चनपुरको बेदकोटमा रहेको यो स्थान प्रचारको अभावमा पछि परिरहेको छ ।