close

बझाङको साइपालमा झोलुङ्गे पुल बन्दै, सडक नहुँदा हेलिकप्टरबाट सामान ढुवानी

बझाङको साइपालमा झोलुङ्गे पुल बन्दै, सडक नहुँदा हेलिकप्टरबाट सामान ढुवानी

ADVERTISEMENT

बझाङ, आफैमा विकट जिल्ला । सडक सञ्जाल भर्खरै जोडिएपनि केही गाउँले अझै पनि सडक देख्न पाएका छैनन् ।

 

न त पूर्वाधार निर्माण नै सहज ढंगले हुन सक्छ । त्यतिमात्र नभई एक गाउँबाट अर्को गाउँ जान पनि वैकल्पिक उपाय नहुँदा साइपल गाउँपालिका आफै झोलुङ्गे पुल निर्माणमा जुटेको छ ।

 

लघु जलविद्युत आयोजना र झोलुङ्गे पुल निर्माण गर्न गाउँपालिकाले हेलिकप्टरमार्फत सामान ढुवानी गरेको छ ।

 

योसँगै स्थानीयमा केही भएपनि विकास देख्न पाउने आशा पलाएको छ ।