close

कसले सुनिदिने गौशालाका मुसहर बस्तीकाे पीडा ?

कसले सुनिदिने गौशालाका मुसहर बस्तीकाे पीडा ?

ADVERTISEMENT

नसक्ने कुरामा कसैलाई आश देखाउनुहुँदैन । तर, प्रधानमन्त्रीदेखि स्थानीय सरकारका जनप्रतिनिधि भने नागरिकलाई पूरा गर्नै नसक्ने आश देखाउने गरेका छन् ।

 

अझ, पछिल्लो समय विभिन्न योजना र कार्यक्रम तयार गर्ने नाममा स्थानीयलाई आशमा राख्ने गरिएको छ । यस्तै, आशमा महोत्तरीको गौशला नगरपालिकाको मुसहर वस्ती दुई वर्षदेखि बसिरहेका छन् ।

 

प्रदेश सरकारले आवास बनाउने भनेर रड गाडेको पनि दुई वर्ष भयो । तर, न मुसहर वस्तीले घर नै पाए न त राहत नै । अस्थायी टहरा पनि भत्किन लागेको छ ।

 

खाना पकाउनका लागि चुलो छैन, सुत्नका लागि न्यानो डस्ना छैन, वर्षा हुनासाथ उनीहरूलाई अत्यास लाग्छ कि छानाबाट छिचोलेर चुहिने पानीको सामना कसरी गर्ने ? भनेर । तर, कसैलाई मतलब छैन ।