close

पटके योजना सबै खारेज गर्छु : मेयर हमाल (भिडियो कुराकानी)

पटके योजना सबै खारेज गर्छु : मेयर हमाल (भिडियो कुराकानी)

ADVERTISEMENT

धनगढी । वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनका दौरान देशभरि जनताले नजिकबाट नियालेको केही पालिका मध्ये धनगढी उप महानगरपालिका समेत एक थियो ।

स्वतन्त्र उम्मेदवारले मुलुकको राजनीतिलाई फरकधारमा लैजान्छन् की भन्ने आङ्कलन भइरहेको बेला गोपाल हमाल पनि उम्मेदवारी दर्तासँगै जितको दाबेदार बनेका थिए । हुनत ५ वर्ष अघि पनि स्वतन्त्र उम्मेदवार कै रुपमा उनले धनगढीको मेयर पदमा दोस्रो स्थान हासिल गरेका थिए ।

जित हात पारेसँगै जनताको मर्कालाई सम्बोधन गर्न लागिपरेका मेयर हमालले उद्घाटन जस्ता कार्यक्रममा सहभागी नहुने निर्णय समेत गरेका छन् । केही साता अघि गैरकानुनी रुपमा बनेका घरमा डोजर चलाएर उनले अनियमिततालाई छुट नदिने मनसाय व्यक्त गरेका छन् ।

आगामी ५ वर्ष जनताको बाहेक कुनै काम नगर्ने प्रण गरेका मेयर हमालले धनगढीको रूपान्तरणमा नै तन, मन लगाउने दाबी गर्दै आएका छन् । साथै उनी विगतमा विकासका नाममा जहाँ जहाँ अनियमितता हुने गरेको थियो, ती सबैलाई खारेज गरेर अगाडि बढ्ने दाबी समेत गर्छन् ।

मेयर हमालसँग पालिका खबरको लागि जनकराज पण्डितले गरेको कुराकानीको सम्पादित अंश :