close

माथागढीलाई पर्यटकीय गन्तव्य बनाउँछौँ : अध्यक्ष चिदी

माथागढीलाई पर्यटकीय गन्तव्य बनाउँछौँ : अध्यक्ष चिदी

ADVERTISEMENT

पाल्पा । २०७३ सालमा स्थापना भएको माथागढी गाउँपालिकाको नामकरण पाल्पा जिल्लाको दक्षिणमा समुद्री सतहदेखि झन्डै ५ हजार फिटको उचाइमा रहेको पहाडी टापुमा अवस्थित माथागढीको नामबाट भएको हो । 

साबिकका चिदीपानी, कसेनी, रूप्से, झडेवा, गोठादी, रहबास, र बहादुरपुर गरी ७ वटा गाविस मिलेर बनेको सो गाउँपालिकाको क्षेत्रफल २१५.४९ वर्ग किलोमिटर रहेको छ । राजनीतिक तथा प्रशासनिक दृष्टिकोणले ८ वडामा विभाजन गरिएको गाउँपालिकाको उत्तरमा पूर्वखोला गाउँपालिका, रम्भा गाउँपालिका र बगनास गाउँपालिका, दक्षिणमा रूपन्देही र नवलपरासी जिल्ला, पश्चिममा तिनाऊ गाउँपालिका र तानसेन नगरपालिका  तथा पूर्वमा पूर्वखोला गाउँपालिका र निस्दी गाउँपालिका अवस्थित छन् ।

सो गाउँपालिकामा मुख्यतः मगर, ब्राह्मण, कामी, क्षेत्री, कुमाल, सार्की, दमाई, नेवार, घर्ती र भुजेलसहित मुस्लिम, वादी, दसनामीको बसोबास रहेको छ । सांस्कृतिक विविधता बोकेको माथागढी गाउँपालिकाका अधिकांश जनसंख्या कृषिमा आश्रित छन् । 

साथै गाउँपालिका बहादुरपुर, रहवास, हात्तिलुङ्ग र गोठादी लगायतका वडाका कृषकहरू व्यावसायिक बाख्रा पालनमा आकर्षित भएका छन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका यमबहादुर चिदी माथागढी गाउँपालिकाको अध्यक्षमा विजयी भएका छन् ।

आगामी ५ वर्ष स्वास्थ्य, शिक्षाका साथै युवा स्वरोजगार जस्ता कार्यक्रमलाई अगाडि बढाउने योजनामा अध्यक्ष चिदी छन् । साथै माथागढीलाई पर्यटकीय गन्तव्यका रुपमा अघि बढाउने योजना समेत उनको छ ।

देशका पश्चिमी भागका स्थानीय तहको भ्रमणमा रहेका पालिका खबरका सहकर्मी जनकराज पण्डितले यही क्रममा अध्यक्ष यमबहादुर चिदीसँग पनि कुराकानी गरेका छन् । प्रस्तुत छ, त्यही कुराकानीको सम्पादित अंश ।