close

पालिका खबर बुलेटिन : माटाका पालादेखि फ्रि वाइफाइसम्म

पालिका खबर बुलेटिन : माटाका पालादेखि फ्रि वाइफाइसम्म

ADVERTISEMENT

पालिका खबर हेडलाइन

१. तिहार नजिकिएसँगै भक्तपुरका प्रजापती समुदायलाई माटाका भाडा र पाला बनाउन भ्याईनभ्याई, माटाका पालामा बत्ती बाल्दा लक्ष्मी खुशी हुने जनबिश्वास, अरु बर्षको भन्दा यस बर्ष माग बढी ।  
२. रंगेलीका मेयरले आफ्नो सेवा सुविधाबाट स्थानीयलाई उपलब्ध गराए फ्रि वाइफाइ, विदेशमा रहेका आफन्तसँग घरबाटै कुरा गर्न पाउँदा स्थानीय हर्षित, अब पाउने सेवा सुविधा स्थानीयकै लागि ।

३.काठमाण्डौ महानगरको डोजर सार्वजनिक जग्गा खोज्ने क्रममा पुग्यो अनामनगरको अक्सिडेन्टल पब्लिक स्कुलका अवैध संरचनामा, शिक्षक भन्छन्, समय पनि नदिएर महानगरले अन्याय गर्यो । 

४. भुस्याहा कुकुरको व्यवस्थापनमा स्थानीय तहको लापरवाही, संरक्षणको लागि आवश्यक कार्यविधि, नीति तथा कार्यक्रम बनाउनु पर्नेमा अभियन्ताको जोड, ललितपुर सूचीकरणको योजनामा ।

५. काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ मा एमालेका गोकुल बाँस्कोटा  र काँग्रेसका शिवप्रसाद हुमागाई आमने समाने, हुमागाईलाई सत्तागठबन्धनको साथ,बाँस्कोटा भन्छन्, काभ्रेमा बिकास गरेकाले जित मेरै हो ।