close

कृषककाे लागि मल विद्यार्थीकाे लागि नर्स

कृषककाे लागि मल विद्यार्थीकाे लागि नर्स

Trulli
ADVERTISEMENT

बालबालिकाकाे अभिभावक बन्दै खजुरा

खजुरा गाउँपालिकामा अभिभावकविहीन बालबालिकाका लागि आवासीय भवन बन्ने भएको छ ।  


खजुरा–२  गाउँस्थित गौरीनगरमा भवन बनाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत नृपराज उपाध्यायले बताए। उनका अनुसार पहिलो चरणमा भवन निर्माणका लागि रु ५० लाख विनियोजन गरिएको छ । मङ्गलबार भवनको शिलान्यास गर्दै गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले अभिभावकविहीन बालबालिकाको संरक्षण गर्ने उद्देश्यले भवन बनाउन लागिएको बताए ।

कृषककाे लागि कृषि कार्यक्रम
मोदी गाउँपालिकाले कृषि कार्यक्रम सञ्चालनको लागि आवेदन दिन अनुरोध गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै पालिका अन्तर्गतका कृषि कार्यक्रममा सहभागी हुन अनुरोध गरेको हो । 
सूचना अनुसार चालू आर्थिक वर्ष २०७९ र ०८० को शर्सत कार्यक्रम अन्तर्गत कार्यक्रममा सहभागी हुन चाहने इच्छुक व्यक्ति, सहकारी संस्था, संघ, फार्मले सूचना प्रकासित भएको पन्ध्र दिनभित्र आवेदन दिन सक्न छन् । 

गाेरखामा  विद्यालय नर्स
गोरखा नगरपालिकाले विद्यालय नर्स कार्यक्रमका लागि दरखास्त आव्हान गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै ६ जना विद्यालय नर्स माग गरेको हो । 
सूचना अनुसार विद्यालय स्वास्थ्य तथा नर्स सेवा कार्यक्रमको लागि ६ जना विद्यालय नर्स माग गरेको हो । नेपाल सरकारबाट मान्यता प्राप्त शैक्षिक संस्थाबाट नर्सिङ विषयमा प्रविणता तह उत्तीर्ण गरेको व्यक्तिले आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । 

 

जग्गा पहिचान गर्दै धनगढीमाई

 धनगढीमाई नगरपालिकाले जग्गा पहिचानको लागि अनुरोध गरेको छ । नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै जग्गा पहिचानको लागि अनुरोध गरेको हो । 

नगरपालिकाले नगरभित्र बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासी  र भूमिहीन दलित समुदायको जग्गा पहिचानको लागि सो सूचना प्रकासित गरेको जनाइएको छ । 

सूचना अनुसार सरोकारवाला निकायले सूचना प्रकासित भएको ७ दिनभित्र सम्बन्धित वडा कार्यालयलमा निवेदन दिन अनुरोध गरेको छ । 

जग्गाको निस्सा पत्र र घरमूलीका सक्कल नागरिकताको प्रतिलिपिसहित निवेदन दिनु पर्ने नगरपालिकाले जनाएको छ ।

बाँझो जमिन प्रयोगमा
 पवर्तको कुस्मा नगरपालिकामा बाँझो जमिनलाई प्रयोगमा ल्याउने भएको छ । बर्सेनि बाँझो जमिन बढ्ने क्रम बढेपछि नगरपालिकाको वडा कार्यालयले नयाँ योजना अघि सारेको हो । 
वडाभित्र खाली र बाँझो रहेको जमिन उपयोगमा ल्याउन लागेको हो । खाली र बाँझो जमिनमा चियाखेतीका लागि सम्भाव्यता अध्ययन गर्न थालिएको वडाध्यक्ष रुद्रमोहन रिमाल बताउँछन्।

प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पञ्चासेको घना जङ्गलमुनि रहेको उक्त गाउँमा परीक्षणका लागि केही व्यक्तिले लगाएका चियाका बोट हुर्किँदै गएपछि चियाखेती राम्रो हुने आकलन गर्दै सम्भाव्यता अध्ययन गर्न थालिएको हो।


पनाैतीमा रासायनिक मल

 पनौती नगरपालिकाले रासायनिक मलको कोटा निर्धारण गरेको छ । नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै रासायनिक मलको कोटा निर्धारण गरिएको जनाएको हो । 

सूचना अनुसार पुष ३ गते स्थानीय तह रासायनिक मल व्यवस्थापन समितिले बसेको बैठकले मलको कोटा निर्धारण गरेको हो । 

नगरभित्रका ३३ वटा सहकारी संस्थालाई १५०० बोरा रासायनिक मलको कोटा निर्धारण गरिएको नगरपालिकाले जनाएको छ ।


वडाकाे लागि रुपनीकाे पत्र

रुपनी गाउँपालिकाले सूचना प्रवाह गर्न वडा कार्यालयहरुलाई पत्राचार गरेको छ । मंगलबार एक सूचना जारी गर्दै गाउँपालिकाले वडा कार्डालयलाई पत्राचार गरेको हो । 
सूचना अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको पकेट कार्यक्रमको प्रस्ताव तथा निवेदन आव्हानको लागि वडा कार्यालहरुलाई पत्राचार गरेको हो ।