close

पनौतीमा जग्गा दावी भरतपुरमा हर्न निषेध

पनौतीमा जग्गा दावी भरतपुरमा हर्न निषेध

Trulli
ADVERTISEMENT

 दावी विरोध गर्न पनौतीको अनुरोध
काभ्रेपलाञ्चोक । पनौती नगरपालिकाले  जग्गाधनी दावी विरोध गर्न अनुरोध गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै जग्गाधनी पुर्जा सहित दावी गर्न अनुरोध गरेको हो । 

सूचना अनुसार भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबास ९लागत० गर्ने कार्य पुष ५ गते सकिएकोले सो समयमा आएका निवेदनमा दावी विरोधको लागि पालिकाभित्रका वडा कार्यालयलाई अनुरोध गरेको हो । 

सोका लागि सबैको नामावली सहित प्रकासित गर्न अनुरोध गरिएको नगरपालिकाले जनाइएको छ ।


 नगरपालिकालाई एक थान ल्यापटप सहयोग
अपाङ्गता संरक्षण नेपालले काठमाडौँको साँखुस्थित शङ्खरापुर नगरपालिकालाई एक थान ल्यापटप सहयोग गरेको छ । बुधबार संरक्षण नेपालका अध्यक्ष विरोध खतिवडाले नगरपालिकाका नगर प्रमुख रमेश नापितलाई उक्त ल्यापटप हस्तान्तरण गरेका हुन्।
सो अवसरमा अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखालाई उक्त सहयोग जुटाइदिएको संस्थाका अध्यक्ष खतिवडाले जानकारी दिए । अपाङ्गता क्षेत्रमा महिला बालबालिका शाखालाई काम गर्न सहज होस् भन्ने उद्देश्यले सहयोग गरेको उनले बताए। 


 भरतपुरमा हर्न बजाउन निषेध
भरतपुर महानगरपालिकामा आजदेखि हर्न निषेध गरिएको छ । महानगरमा ध्वनी प्रदुषण भएको गुनासो आएपछि हर्न बजाउन निषेध गरेको हो । 

महानगरपालिकाले साना तथा ठूला सवारी साधनको समेत व्यवस्थापन गर्ने भएको छ । 

 बढ्दो सहरीकरणले सवारी साधन व्यवस्थापनमा समस्या देखिएसँगै महानगरले केन्द्रीय बस टर्मिनल र नारायणगढ बसपार्कमा आजदेखि अनिवार्य पार्किङको व्यवस्था गरेको छ । एक साताअघि महानगरपालिकामा बसेको सरोकारवालाको बैठकले सवारी साधन व्यवस्थापन गर्न विभिन्न निर्णय गरी आजदेखि कार्यान्वनमा ल्याउने समझदारीसहित निर्णय गरेको थियो  ।

बारपाक सुलिकोटमा निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका ७५ जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । 

बारपाक सुलिकोट गाउँपालिकाको समन्वय तथा नेपाल नेत्रहीन सङ्घ, नेपाल नेत्र ज्योती सङ्घ र भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा १५ दिनसम्म चलेको निःशुल्क आँखा शिविर भएको हो।

सोही क्रममा मोतियाबिन्दु भएका बिरामीको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिएको गाउँपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक कृष्ण भट्टले जानकारी दिए। उनीहरुको ताकुमाझ लाकुरीबोट स्वास्थ्यचौकीमा निःशुल्क शल्यक्रिया गरिएको हो ।

जेष्ठ नागरिकलाई देवचुलीको औषधी 
देवचुली नगरपालिकाले रसायन जन्य आयुर्वेदिक अ‍ौषधी वितरण गरेको छ । नगरपालिकाले एक कार्यक्रमको आयोजना  जेष्ठ नागरिक  स्वास्थ्य  प्रबर्धन गरी सो सामग्री वितरण गरेको हो । 

सो कार्यक्रमबाट  ६८ वर्षभन्दा माथिका १४२ जनाले सेवा लिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको अनुुसार सो कार्यक्रम वडा नम्बर १४ मा सञ्चालन गरिएको र विस्तारै अन्य पालिकामा पनि सञ्चालन गरिने छ ।  

कार्यक्रममार्फत जेष्ठ नागरिकको जीवनयापनमा सहज हुने विश्वास नगरपालिकाले लिएको छ 


 जानकीमा स्थानीय पाठ्यक्रमको मस्यौदा निर्माण
बाँकेको जानकी गाउँपालिकामा स्थानीय पाठ्यक्रमको मस्यौदा निर्माण गरिएको छ । यहाँ रहेका ३९ सामुदायिक र छ निजी विद्यालयमा आगामी शैक्षिक सत्रदेखि लागू हुनेगरी स्थानीय पाठ्यक्रम निर्माणको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिए। 

उनले पाठ्यक्रम यही पुस २२ गते हुने गाउँपाललिकाको सभाले पारित गरेपछि त्यसलाई कार्यान्वयन गरिने बताए ।


पालिकाको सक्रियतापछि बराह तालमा बढ्न थाले पर्यटक
प्रचारप्रसार र पूर्वाधार अभावका कारण ओझेलमा परेको बागलुङको बराह तालमा गाउँपालिकाको सक्रियतापछि पर्यटकको चहलपहल बढ्न थालेको छ । 

तमानखोला गाउँपालिका २ मुठाचौरमा अवस्थित यो ताल उच्च पहाड, शान्त वातावरण र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । समुद्री सतहदेखि तीन हजार मिटरको उचाइमा रहेको ताल तमानखोलाको शिरमा अवस्थित छ ।

केही वर्षअघिसम्म गाउँलेले पूजा गर्ने बराह ताल क्षेत्रमा पछिल्लो समय पर्यटक आकर्षणको केन्द्र बनेको हो । तमानखोला गाउँपालिकाले प्रचारप्रसार बढाएपछि आन्तरिक पर्यटक बढेका हुन् । तमानखोला गाउँपालिका–२ मुठाचौरमा रहेको बराह ताललाई गाउँपालिकाले संरक्षण तथा प्रवद्र्धन गर्न थालेको छ ।