close

डोल्पाबुद्धमा रोजगारीको अवसर, शिक्षकको तलब अब त्रैमासिक रुपमा बितरण गर्दै धनगढिमाई (भिडियाेसहित)

डोल्पाबुद्धमा रोजगारीको अवसर, शिक्षकको तलब अब त्रैमासिक रुपमा बितरण गर्दै धनगढिमाई (भिडियाेसहित)

Trulli
ADVERTISEMENT

 शिक्षकसँग माग फाराम पेश गर्न अनुरोध
सिराहाको धनगढीमाई नगरपालिकाले माग फाराम पेश गर्न अनुरोध गरेको छ । नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै सामुदायिक विद्यालयका शिक्षकहरुको मङ्सिर र पुसको तलब माग फाराम पेश गर्न अनुरोध गरेको हो । 

सूचना अनुसार नगरपालिकाले श्रावणदेखि कार्तिकसम्मको तलब र भत्ता निकासा गरिसकेको छ । मंसिर र पुस महिनाको तलब भत्ता निकासी गर्नको लागि सामुदायिक विद्यालय र बालविकास केन्द्रका कर्मचारी र शिक्षकसँग माग फाराम पेश गर्न अनुरोध गरेको नगरपालिकाले जनाएको छ ।

डोल्पोबुद्धमा रोजगारीको अवसर
डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाले रोजगार सेवा केन्द्रको लागि कर्मचारी माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै केन्द्रको लागि एक जना कर्मचारी माग गरेको हो । 
योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख गरेको छ । 
आवेदन आएका व्यक्तिहरुलाई खुल्ला प्रतिस्प्रर्धा गराई करार सेवामा भर्ना गरिने गाउँपालिकाले जनाएको छ ।


 १३औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्दै परशुराम
डडेलधुराको परशुराम नगरपालिकाले नगरपालिकास्तरीय १३औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने भएको छ । नगरपालिकाको आयोजनामा आउँदो माघ १३ गतेदेखि १६ गतेसम्म परशुराम रंग मैदानमा प्रतियोगिता हुन जनाइएको छ । 

प्रतियोगितामा सहभागी हुन चाहने माध्यमिक तहका सामुदायिक तथा संस्थागत विद्यायलले आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । कार्यक्रममा सहभागी हुन विद्यार्थीहरु कक्षा १२ सम्म नियमित रुपमा अध्ययनरत १८ वर्षभन्दा मुनीका विद्यार्थी हुनु पर्ने नगरपालिकाले जनाएको छ ।


थाहा गोल्डकप प्रतियोगिता हुने
मकवानपुरको थाहा नगरपालिकाले चौथो थाहा गोल्डकप प्रतियोगिता आयोजना गरेको छ । नगरपालिकाले पुष २६ गतेदेखि गोल्डकप सुरु हुने जनाएको छ । 

कार्यक्रममा सहभागी हुन चाहने टोलीले पुष २४ गतेसम्म आवेदन पेश गर्न सकिने नगरपालिकाले जनाएको छ । थाहा नगरको खेल पर्यटन प्रवद्र्धनको निम्ति सो कार्यक्रमको आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।

गोल्डकपका विजेतालाई दुई लाख र दोस्रो विजेतलाई एक लाख रुपैयाका साथै दुबैलाई शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरिने नगरपालिकाले जनाएको छ ।
 

झिमरुकमा कृषि कार्यक्रम
प्यूठानको झिमरुक गाउँपालिकाले  कृषि कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सो कार्यक्रममा सहभागी हुन स्थानीयलाई अनुरोध गरेको हो । 

सूचना अनुसार प्रदेश सरकारबाट हस्तारित कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले गाउँपालिकामा सञ्चालनमा रहेको सहकारी संस्था, कृषि समूह तथा फार्मले आवेदन दिन सक्ने छन् ।
 

माडीमा शिक्षकको आवश्यकता
चितवनको माडी नगरपालिकाले विद्यालयको शिक्षकको लागि दरखास्त आव्हान गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै माध्यमिक तथा प्राथमिक तहको लागि शिक्षकको दरखास्त आव्हान गरेको हो । 

सूचना अनुसार वडा नम्बर ५ स्थित श्री दिवाकर स्मृति माध्यमिक विद्यालयमा रिक्त पदको शिक्षक माग गरेको हो । योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र नगर शिक्षा शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ  ।
 

बिमा कार्यक्रममा सहभागी हुन वडा सरकारको अनुरोध
नुवाकोटको बेलकोटगढी नगरपालिकाको वडा नम्बर १३ ले स्वास्थ्य विमा कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ । वडा कार्यालयले बुधबार एक सूचना जारी गर्दै विमा कार्यक्रममा सहभागी हुन अनुरोध गरेको हो । 

सूचना अनुसार पुष २० गतेसम्म वडाभित्रका सबै स्थानीय बासिन्दाले स्वास्थ्य विमा कार्यक्रममा सहभागी हुनु पर्ने छ । २० गतेसम्म स्वास्थ्य विमा कार्यक्रममा सहभागी भएमा फागुन महिनादेखि सेवा लिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ ।