close

काठमाडौंका सहकारी वेपत्ता, दुहुँका विद्यार्थीलाई छात्रवृत्ति

काठमाडौंका सहकारी वेपत्ता, दुहुँका विद्यार्थीलाई छात्रवृत्ति

Trulli
ADVERTISEMENT

 शुक्लाफाँटामा शीतभण्डार निर्माण हुने
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा  शीतभण्डार गृह निर्माण हुने भएको छ । शीतभण्डार गृह निर्माण गर्नको लागि नगरपालिकाले २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 

नगरपालिकाको अनुसार कलुवापुरमा शीतभण्डार गृह निर्माण हुन लागेको छ । 
वसन्त सामुदायिक वनको जग्गा चलनभोगका लागि वातावरणीय प्रभाव मूल्याङकन गर्नका लागि सम्बन्धित निकायमा पठाउने सहमति भएको छ । वडा नं ११ मा आइतबार बसेको सर्वपक्षीय बैठकमा सामुदायिक वनका उपभोक्ताले सो सहमति जनाएका हुन । वडाध्यक्ष शेरबहादुर साउदले सर्वपक्षीय बैठकले शीतभण्डार गृह निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङकन गर्नका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरेको बताए ।

 

नगर विकास कोषको एक दिने कार्यशाला गोष्ठी 
सोमबार काठमाडौंमा नगर विकास कोषको एक दिने कार्यशाला गोष्ठी सुरू भएको छ। खानेपानी तथा सरसफाई आयोजनामा वीमाको आवश्यकता सम्बन्धि गोष्ठी काठमाडौंस्थित एल्लो प्यागोडा सुरु भएको हो ।

गोष्ठीमा देशभरका नगरपालिकाका उपभोक्ता समितिका पदाधिकारीको सहभागिता रहेको जनाइएको छ। कोषका उपप्रबन्धक सूर्यबहादुर कार्कीले  गोष्ठीको औपचारिक  उद्घाटन गरेका छन्। उनले कार्यक्रममा बोल्दै कुनैपनि आयोजना विपतमा नपरोस् भनेर निर्माण गरिए पनि प्राकृतिक विपत्तिलाई नकार्न नसक्ने बताए।
 

 तरकारीबाली पकेट कार्यक्रम सञ्चालन गर्दै गोदावरी 
ललितपुरको गोदावरी नगरपालिकाले गत आर्थिक वर्षको तरकारी वाली कार्यक्रमलाई निरन्तरता दिने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०७८र०७९ को कार्यक्रमलाई निरन्तरता दिन लागेको बताएको छ। 

कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले पालिकामा आवेदन दिन सक्ने सूचानामा उल्लेख गरिएको छ । सूचना अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट कार्यक्रममा पकेट समिति गठन भई स्थापना भएका तरकारी बाली पकेट समिति कृषकहरुले चालू आर्थिक वर्ष २०७९र०८० मा सहभागी हुन सक्ने छन् ।
 

एमविविस र विई पढ्नले दुहुँको छात्रवृत्ति
दार्चुलाको दुहुँ गाउँपालिकाले एमविविस र विई पढ्नले विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति वितरण गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै ५० प्रतिशत छात्रवृत्ति वितरण गर्ने जनाएको छ । 

आर्थिक वर्ष २०७९ र०८० को कार्यक्रम अनुसार प्राविधिक शिक्षातर्फ स्नातक तहमा एमविविएस तथा विई अध्ययन गर्जे विद्यार्थीका लागि गाउँपालिकाबाट शिक्षालय तथा क्याम्पसमा लाग्ने कूल शुल्कको ५० प्रतिशत छात्रवृत्तिबापत उपलब्ध गराइने छ ।

कार्यक्रममा सहभागी हुन चाहने स्थानीयले कक्षा १२ को शैक्षिक प्रमाणपत्रको प्रतिलिपिसहित सूचना प्रकासित भएको पन्ध्र दिनभित्र आवेदन दिनु पर्ने सो सूचनामा उल्लेख गरिएको छ ।
 

सूर्योदयमा तीन दिनृ विज्ञान तथा गणित प्रदर्शनी
इलामको सूर्योदय नगरपालिकामा तीन दिने बिज्ञान तथा गणित प्रदर्शनी सम्पन्न भएको छ । सूर्योदय नगरपालिकाको करफोक माविमा आयोजित सो प्रदर्शनी सम्पन्न भएको हो । 

प्रदर्शनी यही १५ गतेदेखि सुरु भएको  नगरपालिकाले जनाएको छ  । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भएको कार्यक्रमको आधारभूत तह विज्ञान प्रदर्शनीमा करफोक मावि प्रथम बन्दै नगद रु २० हजार प्राप्त गरेको छ । दोस्रो बनेको ज्योति माविले रु १५ हजार र तेस्रो बनेको सन्राइज अङ्ग्रेजी विद्यालयले रु १० हजार प्राप्त गरेको छ ।
 

आगलागीबाट निवर्तमान वडाध्यक्षको मृत्यु 
कास्कीको मादी गाउँपालिका–१ सिक्लेसका निवर्तमान वडाध्यक्ष सुरजकुमार गुरुङको आफ्नै घरमा आगलागी हुँदा जलेर मृत्यु भएको छ ।

 आगलागीका कारण निर्वतमान वडाध्यक्ष गुरुङको मृत्यु भएको सोही वडाका वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिए । उनका अनुसार आइतबार राति  साढे १० बजे आगलागी नियन्त्रणमा लिइएपछि गुरुङको शव घरभित्र जलेको अवस्थामा फेला परेको थियो । सुरजकुमार विसं २०७४ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए ।
 

सम्पर्कमा आउँदैनन् काठमाडौं महानगरका सहकारी
काठमाडौं महानगरपालिका भित्रका सहकारीको नियमनमा समस्या देखिएको छ । 
महानगरपालिका अन्तर्गतको सहकारी विभागका अनुसार नियामकको सम्पर्कमै नआउने र सम्पर्कमा आएर पनि कानुन बमोजिम विवरण नबुझाउनेको सङ्ख्या अत्याधिक रहेका छन् । यसबाट सहकारीको मर्म एवं भावना अनुसारको काम हुन नसकेको पाइएको छ । विभागका अनुसार काठमाडौँ महानगरपालिका मात्रै कार्यक्षेत्र रहनेगरी हालसम्म दर्ता भएको सहकारीको सङ्ख्या एक हजार नौ सय ६९ रहेको छ । तीमध्ये झण्डै तीन सय बढी सहकारी अहिलेसम्म सम्पर्कमा आएका छैनन् । आधा बढी सहकारीले नियमअनुसार समयमा विवरण अद्यावधिक गरेका छैनन् ।