close

अपांगमैत्री बन्दै राप्ती नगरपालिका (भिडियाेसहित)

अपांगमैत्री बन्दै राप्ती नगरपालिका (भिडियाेसहित)

Trulli
ADVERTISEMENT

चितवन । चितवनको राप्ती नगरपालिकाले शारीरिक रुपमा अशक्त भएका व्यक्तिलाई प्राथमिक राख्दै आएको छ । नगरपालिकाले भौतिक संरचनासँगै योजनामा समेत उनीहरुलाई प्राथमिकतामा राखेको जनाएको छ । 

नगरपालिकाद्धारा निर्माणधीन भौतिक संरचना अपांगमैत्री भएको पालिकाले जनाएको छ । नगरपालिकाअन्तर्गत निर्माण हुँदै आएको वडा कार्यालय, कार्यपालिका भवनमा समेत अपांग मैत्री भएको जनाइएको छ । अपांगता भएका व्यक्तिहरुले पनि सहज रुपमा सेवा वितरण गर्नको लागि अपांग मैत्री भवन निर्माण गरिएको हो । भवनसँगै नगरपालिकाका कर्मचारीले समेत उनीहरुलाई प्राथमिकतामा राखेर सेवा वितरण गर्दै आएको छ । 

नगरपालिकाको योजना, विकास निर्माण कार्य र सेवामा उनीहरुलाई सहज हुने नगरप्रमुख शमशेर लामाले बताए । 

नगरपालिकाले अपांगता भएका व्यक्तिको लागि चालू आर्थिक वर्षमा १२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सो रकमबाट अपांग भएका व्यक्तिको लागि सवारी साधन, व्हील चियर विरतण गरेको छ । अपांगता भएका व्यक्तिलाई उद्यमी बनाउनका लागि माग अनुसारको तालिम सञ्चालन गरिएको छ । साथै अपांगता भएका सेवाग्राहीको लागि प्राथमिकतामा राखेर सेवा दिइएको नगरपालिकाले जनाएको छ । 

नगरपालिका अपांगमैत्री बनेसँगै सेवाग्राही समते खुसी छन् । कुनै समय पालिकामा सेवा लिन समस्या भएपनि विस्तारै सहज हुँदै गएको उनीहरु बताउँछन् । विस्तारै सोचेभन्दा सहज हुने विश्वास सेवाग्राहीको छ ।