close

सरकारी गाडीमा जिपिएस जडान, लागूऔषध कारोबारमा पालिका अध्यक्षलाई जेल

सरकारी गाडीमा जिपिएस जडान, लागूऔषध कारोबारमा पालिका अध्यक्षलाई जेल

Trulli
ADVERTISEMENT

 १. सटर बहाल रकम बुझाउनेलाई जीतपुर सिमराको सम्मान
बाराको जीतपुर सिमरा उपमहानगरपालिकाले करदातालाई सम्मान गरेको छ । उपमहानगरपालिकाले सटर बहाल रकम एकमुष्ठ बुझाउने ब्यवसायी वीरेन्द्र सहनी गोढीलाई उपमहानगरपालिकाले सम्मान गरेको हो । 

सहनीले आर्थिक वर्ष २०७६र०७७ देखिको बक्यौता र आर्थिक वर्ष २०७९र०८० चैत्र मसान्तसम्मको अग्रिम सटर बहाल रकम बुझाउने पहिलो ब्यवसायी भएकोले उपमहानगरपालिकाले सम्मान गरेको हो ।


२. लागूऔषध कारोबारमा गाउँपालिका अध्यक्षलाई जेल सजाय
बागलुङको निसीखोला गाउँपालिकाका अध्यक्ष  सूर्यबहादुर घर्तीलाई लागुऔषध कारोबारमा सोमबार तीन वर्ष छ महिना कैद सजाय सुनाएको छ । 
 

उनीमाथि लागेको लागुऔषधसम्बन्धी आरोप थियो । सोही कसुर ठहर गर्दै बागलुङ जिल्ला अदालतका न्यायाधीश डा दिवाकर भट्टको इजलासले तीन वर्ष छ महिना कैद सजाय सुनाएको हो। उनलाई कैद सहित रु ५० हजार जरिवाना फैसाला गरेको जिल्ला अदालतका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले बताए। 
 

३. जवरजस्ती करणी आरोप खेपेका वडाध्यक्षलाई अनुसन्धानको लागि पाँच दिन थुनामा

बाराको निजगढ नगरपालिका वडा न २ का वडाध्यक्ष राजु श्रेष्ठलाई पाँच दिन थुनामा राख्न आदेश दिएको छ । जबरजस्ती करणी मुद्धामा पक्राउमा परेका उनलाई जिल्ला अदालत बाराले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । म्याद थपका लागि  श्रेष्ठलाई सोमबार जिल्ला अदालत बारामा सोमबार पेश गरिएको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।श्रेष्ठ २०७९ सालको स्थानीय तहको चुनावमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए। १५ वर्षीय किशोरीलाई जवरजस्ती गरेको आरोपमा उनी केही समय फरार थिए ।

४. जनप्रतिनिधि  र कर्मचारीको गाडीमा जिपिएस ट्रयाकिङ  उपकरण जडान
काठमाडौँको चन्द्रागिरि नगरपालिकाले जनप्रतिनिधि  र कर्मचारीको गाडीमा जिपिएस ट्रयाकिङ  उपकरण जडान गरेको छ । नगरपालिकाले पालिकाको जनप्रतिनिधि  र कर्मचारीले प्रयोग गर्ने सरकारी सवारी साधनमा उपकरण जडान गरेको हो । 


नगरप्रमुख घनश्याम गिरीका अनुसार पालिकासँगै वडाकार्यालयमा कार्यरत कर्मचारी तथा जनप्रतिनिधिको सवारी साधनमा उपकरण जडान गरेको हो ।  कार्यालय समयमा कर्मचारीको वस्तुस्थितिको पहिचान गरि सेवाग्राहीलाई सेवा प्रवाहमा चुस्तता ल्याउन सो प्रणालीले सहयोग गर्ने विश्वास उनको छ ।


 ५. कृषि प्रवर्द्धनको लागि मेला
धनकुटाको भेडेटारमा कृषि मेला तथा प्रदर्शनी सम्पन्न भएको छ। ‘कृषि नै समृद्धिको आधार’ भन्ने नाराका साथ साँगुरीगढी गाउँपालिका स्तरिय कृषि मेला तथा प्रदर्शनी कार्यक्रम गरिएको हो। साँगुरीगढी गाउँपालिकाले  कृषि उत्पादकत्व वृद्धिका लागि कृषि मेला तथा प्रदर्शनी कार्यक्रम आयोजना गरिएको हो।

गाउँपालिकामा अधिकांश व्यक्ति कृषिमा आत्मनिर्भर रहे पनि सोचेअनुसारको कृषि उत्पादन भइरहेको नपाएको कारण उत्पादनमा बृद्धि गर्न आयोजना गरिएको गाउँपालिकाले जनाएको छ। कृषि उत्पादन बृद्धि गर्दै कृषकलाई बजारसँग जोड्न कृषि प्रदर्शनी गरिएको गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए ।  


६. धरान डेमा सार्वजनिक विदा
सुनसरीको धरान उपमहानगरपालिकाले पुष २२ गते सार्वजनिक विदा दिने भएको छ । उपमहानगरपालिकाले धरान डेको अवसरमा  पुष २२ गते सार्वजनिक विदा दिएको हो । 

उपमहानगरपालिकाले स्थापना दिवसको अवसरमा पुष २० गतेदेखि २२ गतेसम्म विभिन्न कार्यक्रम गरी धरान डे मनाउनक लागेको छ । उपमहानगरपालिकाको अनुसार २० गते कार्यक्रमको उद्घाटन गरी सार्वजनिक विदा दिने भनिएपनि एक दिन विदा दिन लागेको हो । 
 

 ७. महिला स्वास्थ्य स्वयंसेवीकालाई निवृत्तिभरण 
गुल्मीको छत्रकोट गाउँपालिकाले अनिवार्य अवकाश पाउने महिला स्वास्थ्य स्वयंसेवीकालाई निवृत्तिभरण उपलब्ध गराउने भएको छ । पालिकाले ६० वर्ष उमेर पुगी अनिवार्य अवकाश हुने महिला स्वास्थ्य स्वयंसेवीकालाई मासिक एक हजारका दरले निवृत्तिभरण उपलब्ध गराउने घोषणा गरेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए। 

सङ्घीय सरकारले ६० वर्ष उमेर पुगि निवृत्त हुनेलाई एकमुष्ट रु २० हजार उपलब्ध गराउँदै आएकोमा पालिकाले उक्त रकममा ३० हजार थप गरी एकमुष्ट ५० हजार उपलब्ध गराउने घोषणा गरेको उनले बताए। पाँच वर्ष भन्दा बढी सेवा अवधि पुगेर अवकाश लिनेको हकमा भने पालिकाले एकमुष्ट दश हजार उपलब्ध गराउने भएको छ ।

सो दिन उपमहानगरपालिका अन्तर्गतका कार्यापालिका, वडा कार्यालय, शिक्षा, स्वास्थ्यलगायतको संस्था बन्द हुने  छ। साथै उपमहानगरपालिकाले तीनको कार्यक्रम सार्वजनिक गरेको छ ।