close

दुधौलीमा हात्तीको आक्रमण, शिवराजमा कृषकलाई पुरस्कार

दुधौलीमा हात्तीको आक्रमण, शिवराजमा कृषकलाई पुरस्कार

Trulli
ADVERTISEMENT

दुधौलीमा हात्तीको आक्रमणबाट बच्न अनुरोध
सिन्धुलीको दुधौली नगरपालिकाले हात्तीको आक्रमणबाट बच्नको लागि अनुरोध गरेको छ । पछिल्लो समय नगरपालिकाको वडा नम्बर ३, ६ र ९ अन्तर्गत चुरे क्षेत्रमा बस्तीहरुको हात्तीको आक्रमण बढेकोले सचेत हुन अनुरोध गरेको हो । 

नगरपालिकाको अनुसार चुरे क्षेत्रमा पर्ने वस्तीहरुमा हालै जंगली हात्तीको आक्रमण भइरहेकोले सो क्षेत्रमा नजान स्थानीयलाई अनुरोध गरेको हो । 

सो क्षेत्रमा हात्ती नभागेसम्म वा सुरक्षित भएको सुनिश्चित नभएसम्म जोखिम बढ्ने नगरपालिकाले जनाएको छ । हात्तीले आक्रमण गर्न आएमा जोखिम हटाउनको लागि स्थानीय सरकारसँग समन्वय गर्नको लागि समेत अनुरोध गरेको छ ।
 

म्याग्देमा दश शय्याको अस्पताल बन्दै
तनहुँको म्याग्दे गाउँपालिकामा निर्माणाधीन १० शय्याको अस्पतालको काम ५० प्रतिशत सकिएको छ । म्याग्दे गाउँपालिका–४ मा निर्माणाधीन १० शय्याको आधारभूत अस्पताल भवन निर्माणको काम आधा सकिएको हो । 

विसं २०७८ जेठ २ गतेदेखि निर्माण सुरु भएको अस्पताल भवनको काम तीव्रगतिमा अगाडि बढिरहेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । भवन निर्माणको ठेक्का ऋषि शक्ति÷होम निर्माण जेभी कम्पनीले पाएको छ ।
 

 वैदेशिक रोजगारबाट फर्केकाको तथ्याङक सङ्कलन गर्दै भरतपुर 
चितवनको भरतपुर महानगरपालिकाले वैदेशिक रोजगारबाट फर्केकाको तथ्याङक सङ्कलन सुरुवात गरेको छ । उनीहरुले आर्जन ज्ञान र सीपको उपयोग गरी स्वदेशभित्र रोजगारी उपलब्ध गराउन महानगरपालिकाले तथ्याङ्क सङ्कलन थालनी गरेको हो । 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार बोर्डले स्थानीय तहको सहकार्यमा कार्यक्रम सञ्चालनका लागि महानगरपालिकाका २९ वटै वडामा तथ्याङ्क सङ्कलन भइरहेको महानगरपालिकाका उपसचिव गणेश नेपालीले जानकारी दिए ।

 हलगोरु पाल्ने बाह्रविसेका कृषकलाई १० हजार अनुदान
सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाले हलगोरु पाल्ने कृषकलाई १० हजार रुपैयाँ अनुदान दिने भएको छ । कृषिमा प्रोत्साहन बढाउनको लागि नगरपालिकाले १० हजार रुपैयाँ अनुदान दिन लागेको हो । 

नगरप्रमुख बालकृष्ण बस्नेतका अनुसार पालिकालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउनको लागि किसानलाई अनुदान दिने निर्णय गरेको हो । 
 

 २४ कृषकलाई शिवराजको पुरस्कार
कपिलवस्तुको शिवराज नगरपालिकाले २४ जना कृषकलाई पुरस्कृत गरेको छ ।  व्यापार सङ्घले आयोजना गरेको सातौँ चन्द्रौटा महोत्सवमा कृषि सामग्री प्रदर्शन गर्ने २४ कृषकलाई पालिकाले पुरस्कार वितरण गरेको हो । 
नगरपालिका कृषि विकास शाखाले जारी गरेको सूचनाबमोजिम कृषकले उत्पादन गरेका सामग्री महोत्सवमा प्रदर्शनसहित प्रतिस्पर्धा गराइएको जनाएको छ ।
खाद्यान्न, दलहन, तेलहन, फलफूल, तरकारी, प्रविधि, मत्स्य समूह गरी सातवटा विधामा उत्कृष्ट कृषकलाई पुरस्कृत गरिएको हो ।
उनले सो कार्यक्रम लागू गर्नको लागि पालिकाभित्रका ९ वटै वडामा हल गोरु पाल्ने कृषकको तथ्यांक संकलन भइरहेको बताए । तथ्यांक संकलनको कार्य सकिएपछि आगामी माघ १ गतेदेखि सो रकम वितरण गर्न सुरु गरिने छ । नगरभित्रका २५० जना कृषककलाई सो रकम वितरण गर्ने पालिकाले जनाएको छ ।

 चिसोका कारण जीतपुरसिमराको विद्यालय बन्द
बाराको जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत रहेका सम्पूर्ण सामुदायिक तथा निजी विद्यालय तिन दिनका लागि बन्द गरिएको छ । बाक्लो हुस्सुसँगै बढेको अत्याधिक चिसोका कारण उपमहानगरपालिकाले विद्यालय बन्द गरेको हो । 

उपमहानगरपालिकाले एक सूचना जारी गर्दै पुष १९ गतेदेखि २१ गतेसम्म विद्यालयको पठनपाठन बन्द गर्न निर्देशन दिएको हो ।  नगर शिक्षा समिति को निर्णय अनुसार उपमहानगरपालिका भित्रका विद्यालय पुष २२ गतेदेखि सञ्चालनमा आउने उपमहानगरपालिकाको शिक्षा अधिकृत शिवजी प्रसाद कुशवाहाले  जानकारी दिएका छन्।

 बालबालिकालाई राप्तीको न्यानो कपडा
चितवनको राप्ती नगरपालिकाले बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी विद्यालयमा अध्ययनरत बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो । 

नगरपालिकाका नगरप्रमुख शमशेर लामाका अनुसार नगरको माथिल्लो भेगका विद्यार्थीहरु चिसोमा पढ्दै गरेकोले न्यानो कपडा वितरण गरिएको हो । नगरपालिकाले वडा नम्बर १२ का १८३ जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो । 

अन्य क्षेत्रको बालबालिकालाई पनि लुगा वितरण गर्ने लक्ष्य नगरपालिकाको छ । तर आवश्यकताको अनुसारको कपडा बजारमा नभएकोले क्रमश अरु क्षेत्रका बालबालिकालाई पनि न्यानो कपडा वितरण गरिने छ ।