close

सामुदायिक विद्यालयमा शिक्षकका सन्तान, महिला स्वास्थ्य स्वयम्सेविकालाई एक लाख भत्ता

सामुदायिक विद्यालयमा शिक्षकका सन्तान, महिला स्वास्थ्य स्वयम्सेविकालाई एक लाख भत्ता

Trulli
ADVERTISEMENT

 शिक्षकका सन्तान सामुदायिक विद्यालयमा अनिर्वाय भर्ना 
नुवाकोटको सूर्यगढी गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकका सन्तानलाई सोही विद्यालयलमा भर्ना गराउन निर्देशन दिएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सो निर्देशन दिएको हो । 

गाउँपालिकाका अनुसार पुष २२ गते गाउँ शिक्षा समितिको बैठकले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले नैतिक जिम्मेवारीले विद्यालयमा अध्ययनरत सन्तानलाई सामुदायिक विद्यालयमा भर्ना गराउन निर्देशन दिएको हो । सो अनुसार आगामी शैक्षिक सत्रबाट अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराउनु पर्ने छ । 

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा थप सुधार गर्नको लागि पालिकाले सो निर्णय गरेको जनाएको छ । सो निर्णय अनुरुप भर्ना नगराएमा पालिकाले दिने सेवा तथा सुविधा रोक्का गराइने गाउँपालिकाले जनाएको छ ।

विज्ञको रुपमा सूचीकृत हुन हल्दीबारीको अनुरोध
झापाको हल्दीबारी गाउँपालिकाले विज्ञको रुपमा सूचीकृत हुन अनुरोध गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै विज्ञमा सूचीकृत हुन अनुरोध गरेको हो । 

सूचना अनुसार गाउँपालिकाले कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम निर्माण गरि लागू गरिसकेको छ । सो अवस्थामा स्थानीय पाठ्यक्रमलाई थप पारिमार्जित गर्नको लागि विज्ञमा सूचीकृत हुन अनुरोध गरेको हो । 
गाउँपालिकाको अनुसार स्नातकोत्तर तह उर्तीण गरी विगत पाँच वर्षदेखि अध्यापन गराउँदै आएका व्यक्तिले माघ २ गतेसम्म आवेदन दिन सक्ने छ । विज्ञले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक लेख्नु पर्ने गाउँपालिकाले जनाएको छ।
जातीय विभेद गर्ने वडाध्यक्षलाई कारबाही गर्न जनप्रतिनिधिको माग
कास्कीको पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरिएको छ ।  दलित महिला सदस्यमाथि जातीय दुव्र्यवहार गरेको आरोप लागेका उनलाई नगरसभामार्फत कानुनी दायरामा ल्याउन माग गरेको हो । 

मङ्गलबार सुरु भएको महानगरपालिकाको १२औँ नगरसभामा दलित समुदायका जनप्रतिनिधिले वडाध्यक्ष अधिकारीले आफ्नै वडासदस्य मैया नेपालीमाथि गरेको जातीय भेदभावको घटनाप्रति विरोध जनाएका हुन् ।
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी प्रमुख अतिथि रहेको नगरसभाको उद्घाटन समारोहमै दलित जनप्रतिनिधिले हातमा कालोपट्टी बाँधेर जातीय विभेदविरुद्ध लेखिएका पर्चा देखाएका थिए ।

महिला स्वास्थ्य स्वयम् सेविकालाई एक लाख प्रोत्साहन भत्ता
नवलपरासीको गैँडाकोट नगरपालिकाले नगरका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहनस्वरुप एक लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । साठी  वर्ष उमेर पुगेर अवकाश लिने तथा कम्तीमा पाँच वर्ष सेवा गरेका महिला स्वस्थ्य स्वयंसेविकालाई प्रोत्साहनस्वरुप रकम उपलब्ध गराउन लागिएको नगरप्रमुख मदनभक्त अधिकारीले जानकारी दिए ।

नगरका महिला स्वास्थ्य स्वयंसेविकाको कामको उच्च मूल्याङ्कन गर्दै उनीहरूलाई प्रोत्साहन रकम उपलब्ध गराउन लागिएको नगरप्रमुख अधिकारीले बताए।

 विज्ञको रुपमा सूचीकृत हुन हल्दीबारीको अनुरोध

झापाको हल्दीबारी गाउँपालिकाले विज्ञको रुपमा सूचीकृत हुन अनुरोध गरेको छ । गाउँपालिकाले कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रमलाई थप पारिमार्जित गर्नको लागि विज्ञमा सूचीकृत हुन अनुरोध गरेको हो । 
गाउँपालिकाको अनुसार स्नातकोत्तर तह उर्तीण गरी विगत पाँच वर्षदेखि अध्यापन गराउँदै आएका व्यक्तिले माघ २ गतेसम्म आवेदन दिन सक्ने छ । विज्ञले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक लेख्नु पर्ने गाउँपालिकाले जनाएको छ।
नेचासल्यानमा कृषि प्रदर्शनी 
सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले माघ ६ गते कृषि प्रदर्शनी गर्ने भएको छ । गाउँपालिकाको आयोजनामा नेचासल्यान गाउँपालिकाको शान, कृषि उत्पादन अभिवृद्धिमा हाम्रो अभियान  भन्ने मूलनारामा कृषि प्रदर्शनी गर्न लागेको हो। 

प्रदर्शनीमा कृषिबाट उत्पादन हुने तरकारी, खाद्यान्न, फलफूल, मसलालगायत विभिन्न सामग्रीको प्रयोग गरिने गाउँपालिकाले जनाएको छ । प्रदर्शनीमा स्थानीय बासिन्दा व्यवसायीलगायतका व्यक्तित्वहरु अवलकन गर्न आउने गाउँपालिकाले जनाएको छ ।

विपद्मा ज्यान गुमाउनेलाई ५० हजार दिँदै विहादी
पर्वतको विहादी गाउँपालिकाले विपद्मा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने भएको छ । गाउँपालिकाले विपद्मा परी मृत्यु भएका व्यक्तिको परिवारलाई जनही नगद दिने निर्णय गरेको हो । 

गाउँ कार्यपालिकाको बैठकले विपद् राहत तथा आर्थिक सहायता व्यवस्थापन कार्यविधि, २०७५ लाई संशोधन गर्दै गाउँपालिकाभित्र बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपमा परी मृत्यु भएका व्यक्तिको परिवारलाई राहतस्वरुप रु ५० हजार दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष प्रवीण गुरुङले जानकारी दिए।