close

वडावडामा भत्ता, सहिदभुमीमा ८३१ लाई रोजगारी (भिडियाेसहित)

वडावडामा भत्ता, सहिदभुमीमा ८३१ लाई रोजगारी (भिडियाेसहित)

Trulli
ADVERTISEMENT

हरिहरपुरगढीमा वडावडामा सामाजिक सुरक्षा भत्ता र निःशुल्क सवास्थ्य शिविर
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले वडागत रुपमा सामाजिक भत्ता वितरणसँगै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गाउँपालिकाको आयोजना तथा  सिटिजन्स बैंकको सहकार्यमा वडागत रुपमा शिविर सञ्चालन गरेको हो । 
गाउँपालिकाको अनुसार कार्यपालिकाको बैठकको निर्णय अनुरुप सो कार्यक्रम सञ्चालन गरिएको हो । गाउँपालिकाको स्रोत र साधनको प्रयोग गरी सामाजिक सुरक्षा भत्ताका लाभग्राहीलाई सो कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले जानकारी दिए । 

उनले लाभग्राहीको सहजताको लागि वडावडामा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको जानकारी दिए । उनका अनुसार गाउँपालिकाले हालसम्म वडा नम्बर १, ६, ७ र ८ का लाभग्राहीलाई दोस्रो त्रैमासिकको समाजिक भत्ता वितरणसँगै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको बताए । बाँकी रहेको वडा नम्बर २, ३, ४ र ५ का लाभग्राहीलाई पनि क्रमश वितरण गरिने उनले पालिकाखबरलाई बताए ।

 इटहरी महानगरमामा आधुनिक बसपार्क निर्माण हुने
सुनसरीको इटहरी उपमहानगरपालिकामा आधुनिक बसपार्क निर्माण हुने भएको छ । तीन तले सुविधा सम्पन्न बसपार्क निर्माणका लागि नगर विकास कोषसँग सम्झौता भएको उपमहानगरले जनाएको छ । 
    
कुल रू १६ करोड २२ लाख १८ हजार लागतमा आधुनिक बसपार्क निर्माणको सम्झौता भएको उपमहानगरपालिकका प्रमुख हेमकर्ण पौडेलले बताए। इटहरी उपमहानगरका प्रमुख हेमकर्ण पौडेल र नगर विकास कोष काठमाडौँका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले बसपार्क निर्माणसम्बन्धी सम्झौतापत्रमा बिहीबार हस्ताक्षर गरेका छन्। 

प्रमुख पौडेलका अनुसार बसपार्क निर्माणमा कोषको ७० प्रतिशत र उपमहानगरको ३० प्रतिशत लगानी हुनेछ ।  बसपार्क १८ महिनाभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको छ । 
 

सहिदभुमीमा ८३१ लाई रोजगारी 
धनकुटाको गएको पाँच वर्षमा धनकुटाको सहिद भूमि गाउँपालिकाका आठ सय ३१ जनाले रोजगार पाएका छन् । पालिकामा आर्थिक वर्ष २०७५र७६ देखि सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत उक्त सङ्ख्यामा रोजगार पाएका हुन् ।

सुरुआती वर्षमा रु पाँच सय १७ र पछिल्लो वर्षदेखि दैनिक रु पाँच सय ७० का दरले पालिकाका निम्न आय भएका व्यक्तिले एक सय दिनको रोजगार पाएका हुन् । चालु आव २०७९र८० बाहेक चार वर्षमा एक सय ९३ महिला र चार  सय ९९ जना पुरुषले राजगार पाएका छन् । रोजगार कार्यक्रमको ‘कामका लागि पारिश्रमिकमा आधारित’ र ‘युवा रोजगारीका लागि रुपान्तरण आयोजना’ बाट पालिकामा रु दुई करोड ७० लाख ५३ हजार एक सय ५० भित्रिएको छ ।

 शिलान्यास गरेका १८ महिनामा पनि खनिएन अस्पतालको जग
जाजरकोट । बारेकोट गाउँपालिकामा १५ शश्याको अस्पतालका निर्माणका लागि शिलान्यास गरेको १८ महिना पुग्यो, तर अहिलेसम्म जग पनि खनिएको छैन ।

गाउँपालिका, कर्मचारी र ठेकेदार कम्पनीको लापरवाहीका कारण भवन निर्माण हुन नसकेको हो । यी तीनवटै निकायबीच अस्पतालको भवन निर्माणमा गोलमाल छ । गाउँपालिकाको दाबीअनुसार ठेकेदार कम्पनी (खानीरधुलिखेलरजेके बिल्डक्स जेभी)को लापरवाहीका कारण अस्पतालको भवन निर्माणमा ढिलाइ भएको हो । भवन निर्माणमा जग्गाको समस्या बताउँदै आएको ठेकेदार कम्पनीले भने दुई चरणमा गरी साढे दुई करोड बढी रकम लिइसकेको छ ।
 

 बुटवलमा रगतसम्बन्धी सबै सेवा निःशुल्क
रुपन्देहीको बुटवलमा रगतसम्बन्धी सबै सेवा निःशुल्क हुने भएको छ । बुटवल उपमहानगरपालिकाले रक्तसञ्चार सेवा केन्द्रसँग सम्झौता गरी बुटवलका बासिन्दाले रुपन्देहीका अस्पतालहरूमा उपचाररत रहँदा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ लिँदा शुल्क नलाग्ने व्यवस्था गरेको हो ।

रक्तसञ्चार केन्द्रबाट उपलब्ध हुने रगत निःशुल्क उपलब्ध गराउनेबारे बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका सभापति प्रेमलाल उदासबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

  कुकुरलाई जथाभावी फोहोर नगराउन महानगरको निर्देशन
ललितपुर महानगरपालिकाले स्थानीय क्षेत्रलाई सफा र सुन्दर राख्न अनुरोध गरेको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै स्मार्ट सिटीको रुपमा स्थापना गर्नका लागि अनुरोध गरेको हो । 

महानगरपालिकाका अनुुसार हरियाली सहितको सफा र सुन्दर शहर बनाउने अभियान सञ्चालन गरिएको छ । तर सो अभियानविरुद्ध घरमा पालिएका कुकुरलाई घरधनीले दिसा, पिसाब गराउन सडक, पार्कमा गराउने पाइएको महानगरपालिकाले जनाएको छ । 
 

जग्गा बाँझो नराख्नेलाई अनुदान
तनहुँको भिमाद नगरपालिकाले बाँझो जग्गामा उत्पादन गर्नेलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको छ । 

गाउँका अधिकांश खेतबारी बाँझो राख्नेक्रम बढ्दै गएपछि कृषितर्फ प्रोत्साहन गराउन कृषकलाई अनुदानको व्यवस्था गरेको हो । आफ्नो बारीमा खेती गर्नेलाई प्रतिरोपनी रु दुई हजार र अरूको बारीबाट उत्पादन गर्ने कृषकलाई प्रतिरोपनी रु तीन हजार अनुदानको व्यवस्था गरिएको नगरप्रमुख दधीराज सुवेदीले जानकारी दिए ।