close

धुलिखेलको कृषिमा जापानिज सीप र प्रविधि भित्र्याइँदै, कोहलपुरमा ऐलानी जग्गाको नापजाँच सुरु

धुलिखेलको कृषिमा जापानिज सीप र प्रविधि भित्र्याइँदै, कोहलपुरमा ऐलानी जग्गाको नापजाँच सुरु

Trulli
ADVERTISEMENT

फुटपाथ हटाउन वीरेन्द्रनगरको निर्देशन

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले फुटपाथ पसल हटाउन निर्देशन दिएको छ। माघ २० गतेदेखि २८ गतेसम्म सञ्चालन हुने दास्रो राष्ट्रिय औद्योगिक व्यापार, कृषि, नवितम प्रविधि प्रदर्शनी एवम् पर्यटन महोत्सवका लागि स्थल निर्माण गरिएको छ ।

सो स्थल बाहिर अव्यवस्थित रुपमा बाटो अतिक्रमण गरी फुटपाथ पसल सञ्चालन गरेकोले ट्राफिक व्यवस्थापन गर्न समस्या भएको छ । 

ट्राफिक व्यवस्थापन तथा बाटो आवतजावतमा सहज बनाउनका लागि फुटपाथ पसल हटाउन  नगरपालिकाले एक सूचना जारी गर्दै निर्देशन दिएको हो । 

कोहलपुरमा ऐलानी जग्गाको नापजाँच सुरु

बाँकेको कोहलपुर नगरपालिकाले ऐलानी जग्गाको नापजाँच थालेको छ ।  भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई प्राथमिकतामा  राखेर जग्गाको नापजाँच भइरहेको छ । 

कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यका अनुसार कोहलपुर–१२, १० लगायत वडामा फारम भरेका र बाँकी खाली रहेको ऐलानी जमिनसमेत नापजाँच गरिने छ । 

हरिवनमा फनपार्क निर्माण हुने

सर्लाहीको  हरिवन नगरपालिकाको कैलाशपुरीमा फनपार्क निर्माण हुने भएको छ । संघीय सरकार र नगरपालिकाको समन्वयमा वडा नम्बर १ मा फनपार्क निर्माण गर्न लागेको हो । पूर्व–पश्चिम राजमार्गको हरिवन बजारबाट तीन किलोमिटर उत्तरमा उक्त उद्यान निर्माण भइरहेको छ। 
हरिवन नगरपालिकाका प्रमुख कमल बुढाथोकीका अनुसार उद्यानमा ठूलो कदको बुद्घको मूर्ति स्थापना गर्ने तयारी छ । वनभोजस्थल, सेल्फीसेट, जङ्गल पुल तथा चमेनागृहसमेत निर्माण गरिँदै छ । रु चार करोड ९७ लाखको लागतमा उद्यान निर्माण भइरहेको उनले जानकारी दिए । 

विपद्को जोखिममा रहेका नेपालगञ्जको बस्तीको नक्साङ्कन

बाँकेको नेपालगञ्जमा भूकम्पलगायत प्राकृतिक विपद्को जोखिममा रहेका बस्तीको भौगोलिक सूचना प्रणाली (जिपिएस) मार्फत नक्साङ्कन गरिएको छ। नेपालगञ्ज उपमहानगर–३ र ७ का बस्तीको जिपिएस विधिबाट नक्साङ्कन गरिएको नेपाल रेडक्रस सोसाइटी बाँकेको आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए। 

उनका अनुसार उपमहानगरको सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाअन्तर्गत भूकम्प, बाढी, आगलागीलगायत विपद्बाट जोखिमयुक्त बस्तीको नक्साङ्कन गरिएको हो ।

स्वर्गद्धारीमा भ्याक्सिनेटर माग

प्युठानको स्वर्गद्धारी नगरपालिकाले भ्याक्सिनेटर माग गरेको छ । नगरपालिकाले पशुपन्छिहरुलाई विभिन्न रोग विरुद्धकोखोप लगाउने कार्यक्रमको लागि भ्याक्सिनेटर माग गरेको हो । 

योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकासित ७ दिनभित्र आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । छनोट भएका व्यक्तिलाइृ नेपाल सरकारको मान्यता बमोजिम सेवा र सुविधा दिन नगरपालिकाले जनाएको छ ।

पञ्चपुरीमा  करार सेवामा इन्जिनियरको माग

सुर्खेतको पञ्चपुरी नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ ।नगरपालिकाले बुधबार एक सुचना जारी गर्दै करारमा इन्जिनियर अधिकृतस्तर छैठौँमा १ जना र इन्जिनियर सहायक स्तर पाँचौँमा ४ जना कर्मचारीको माग गरेको हो। 

सुचना प्रकाशित भएको १५ दिन भित्र पालिकाले निर्धारण गरेको फारम भरि रितपुर्व आवेदन दिन पालिकाले योग्य इच्छुक नागरिकलाई अनुरोध गरेको छ। 

धुलिखेलको कृषिमा जापानिज सीप र प्रविधि भित्र्याइँदै
काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले कृषि क्षेत्रमा जापानिज सीप र प्रविधि भित्र्याउने तयारी गरेको छ । यसका लागि नगरपालिका जापानको रिनोकिनो कम्पनीसँग सम्झौता गर्ने प्रक्रियामा पुगेको हो । 

उक्त कम्पनीले धुलिखेलका कृषकलाई जापानिज सीप र प्रविधि तथा भाषाबारे छ महिने तालिमसमेत दिनेछ । नगर जनप्रनिधि र कम्पनी पदाधिकारीसँगको छलफलपछि केही हप्तामा दुवै पक्षबीच सम्झौता गरिने जनाइएको छ । जापानका विभिन्न दश कृषि उद्योग र होम केयर कम्पनीमा धुलिखेलका कृषकलाई रोजगारी दिने समेतको सम्झौता गरिने नगरप्रमुख अशोककुमार ब्याञ्जूले बताए।